४ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जसले महिला दिवस मनाइरहेकै बेला कर्णालीमा ४ सन्तानसहित हाम फालिन्


सुर्खेत । कर्णाली नदिमा एक महिलाले आफ्ना ४ सन्तानसहित हाम फालेकी छन् । दैलेखकी एक महिलाले आफ्ना ४ छोराछोरसहित सोमबार कर्णाली नदीमा हाम फालेकी हुन् । प्रहरीले आमासहित ४ जना बालबालिकाले नदीमा हाम फालेको आशंका गरेको छ ।

विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको र अन्य बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रहरीका अनुसार १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको हो ।

आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भने भेटिएको छैन । उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको छ ।

सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए । स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको बारेमा अनुसन्धान भैरहेको बताएको छ ।

Nabintech