२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नरैनापुरमा भिषण आगलागी

२५ घर जलेर नष्ट



बाँकेको नरैनापुरमा सोमबार बिहान भिषण आगलागी भएको छ । आगलागीबाट २५ घर जलेर नष्ट भएका छन् । सोमबार बिहान ११ बजेबाट सुरु भएको आगलागी १२ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

स्थानीय मनिजर पासीको फुसले छाएको कच्ची घरबाट आगलागी सुरु भएर २५ वटा घर पूर्ण रुपमा नष्ट भएका हुन् । घरमा बच्चाहरु मात्रै भएको समयमा अचानक आगलागी भएपछि स्थानीयले खबर गरेलगत्तै सुइया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली परिचालन भएको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

आगालागीबाट मनिजर पासी, नाफे पासी, रंगै पासी, राम समुझ पासी‚ मनै साई सहज राम पासी, मृत लाल पासी सन्तोष पासी बौरा पासी मुन्के पासी र सिराज पासीको घर पूर्णरूपमा क्षति भएको छ । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार आगलागीबाट करोडौंको जिन्सी तथा नगद क्षती भएको छ ।

आगलागी भएको स्थलमा पुगेका नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले आगलागी पिडितहरुलाई तत्काल सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए । अहिले नरैनापुर गाउँपालिका अन्तर्गत विपद् व्यवस्थापन समितिको बैठक बसिरहेको छ । तत्काल प्रभावित क्षेत्रका नागरिकलाई राहत प्रदान गरिने गाउँपालिकाले जनाएको छ । आगलागीबाट भएको क्षतीको विवरण संकलन गर्ने काम भईरहेको छ ।

Nabintech