११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै


काठमाण्डौ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।

नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न प्रचण्ड-नेपाल समूहले बिहान ११ बजेका लागि बैठक बोलाएको हो ।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा अबको अन्योल र रणनीतिबारे छलफल हुने समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सर्वोच्चको फैसलापछि प्रचण्ड-नेपाल समूहले हिजो कानुन व्यवसायीसँग छलफल गरेको थियो ।

छलफलमा अदालतको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको भएको सुझाव आएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभयो । आजको स्थायी कमिटीको बैठकपछि पार्टीको आधिकारिक धारणा तय गरी सार्वजनिक गर्ने प्रचण्ड-नेपाल समूहको तयारी छ ।

 

Nabintech