१४ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
व्यापार संघमा खनाल प्यानलको पल्ला भारी


कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वकोमा बिष्णु प्रसाद खनालको पल्ला भारी देखिएको छ । प्रगतिशील व्यवसायी र प्रजातान्त्रीक व्यवसायी बिच समुहगत प्रतिस्प्रर्धा भएको चुनावमा उच्च प्रातिस्प्रर्धा भए पनि प्रगतिशील व्यवसायीको बिष्णु खनालले नेतृत्व गरेको व्यानल बलियो देखिएको हो ।
बिभाजित नेकपा एक भएर चुनावमा होमिएको र राष्ट्रिय जनमोर्चाले समेत साथ दिएकाले बिष्णु खनालले नेतृव्व गरेको समुह बिजयी हुने कोहलपुरका पुराना व्यवसायी पोष्ट राज भुषाल बताउँछन । भुषालले आफ्नो प्यानलमा फुट ल्यायर बिजयी हुने आकाँक्षा राखेको प्रतिस्प्रर्धी प्यानलको सपना चकनाचुर हुने बताए । उनले प्यानलमा फुट ल्याउन बजारमा बिभिन्न खाले हल्ला गरिएको भएपनि आफुहरु एक रहेको बताए ।
बिभाजित नेकपा एक भएर चुनवामा गएको र संघको संस्थापक मध्येका जुझारु र कर्मनिष्ठ बिष्णु प्रसाद खनाल उम्मेदवार बनेकाले जित सहज भएको भनाई छ । संस्थापक सदस्य भएको र हाल सम्म व्यवसायीको हितमा निरन्तर क्रियासिल भएकाले खनाल व्यानलको पक्षमा सहानुभुती मत समेत आउने आँकलन भुषालको छ ।
बिष्णु प्रसाद खनाल समुहबाट बरिष्ठ उपाध्यक्षमा तेज प्रसाद अधिकारी उद्योग तर्फको उपाध्यक्ष पदमा कमल खड्का ,बाणिज्य तर्फका उम्मेदवार बलराम देवकोट ,महासचिव पदका उम्मेदवार नबिन खड्का , उपमहासचिव पदका उम्मेदवार प्रशुराम लामिछने ,कोषध्यक्ष पदका उम्ेदवार खेम प्रसाद घिमिरे ,सह कोषाध्यक्ष भुपेन्द्र काफ्ले उम्मेदवार बनेका छन ।
महासचिवका उम्मेदवार नबिन खड्काले आफुहरु एकताबद्ध भएर चुनावमा होमिएकाले जित निश्चित भएको बताए ।
बिष्णु खनाल नेतृत्वको प्यानलबाट सदस्य पदमा उम्मेदवार बनेका अधिकाँय युवा व्यवसायी रहेका छन । नयाँ भिजन भएका र लामो समय व्यवसायीक क्षेत्रम क्रियासील रहेकाले उनिहरु सबैको जित निश्चित रहेको सबैको बुझाई छ । सदस्य पदमा क्रमस पुन्य प्रसाद तिवारी, अर्जुन सुवेदी, बेदराम घिमिरे, महेश खतिवडा, जगत रामदाम, गोपाल प्रसाद अधिकारी, ओम प्रकाश चापाचाई, गंगा भण्डारी, विकाश बुढाथोकी, ओपेन्द्र नाथ योगि, महिला सदस्यमा कमला खड्का र अम्बिका आचार्य रहेका छन् भने एशोसियट सदस्यमा पुष्पराज न्यौपानेले र बस्तुगत तर्फ टंक बस्याल उम्मेदवार बनेका छन ।

Nabintech