१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
को हुन बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अधिकारी


हाम्रो उद्योगी व्यापारीहरुको छाता संगठन कोहलपुर उद्योग बाणिज्य संघको यही मिति २०७७ फागुन २२ गते शनिवारका दिन हुन गईरहरेको कार्य समितिको ९औं र्निवाचनमा हजुरहरुको, माया, स्नेह, सुझाब, सल्लाहलाई र समस्याहरुलाई नजिकबाट बुझि समस्यालाई समाधान गर्न लागिरहने व्यक्तिका रुपमा विष्णु प्रसाद खनाल अध्यक्ष रहेको साझा समावेसी ब्यबसायी प्यानल बाट बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारका रुपमा उपस्थित भएको छु । कोहलपुर उद्योग वाणिज्य संघको स्थापना कालदेखिका संस्थापक ज्यूहरु, विभिन्न कार्य समितिमा रही कार्य गर्नुहुने अग्रजहरु, पूर्व अध्यक्ष ज्यूहरु, पदाधिकारी ज्यूहरु, सल्लाहाकार एवम् सदस्य ज्यूहरुलाई सबै मा एक पटक मनै देखि सम्झन चाहान्छु कि उहाँहरुको अथक मेहनत लगानी निरन्तरताबाट आज २२ बर्ष को ईतिहास बनाउने सफल कोहलपुर उद्योग बाणिज्य संघ हो ।
२०२७ सालमा पाल्पा जिल्ला को याम्घा गा.वि.स.३ हाल वगनासकाली गाउँपालिकामा जन्म भई २०३८ सालमा बर्दिया जिल्ला को सोरहवा गा.बि.स.हाल बढैयाताल वडा. नं. २ मा बँसाई सरी बसोबास गर्दै आएकोमा २०४४ सालमा अध्ययनको क्रममा नेपालगंजको महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तहको अध्ययन पुरा गरी २०५० सालमा शिक्षा क्षेत्रमा प्रवेश गरी बाँके जिल्लाको विकट क्षेत्र पूर्व बघौडामा अध्यापन गर्न नेपाल सरकारको स्थाई शिक्षक बन्ने असर मिल्यो । आफ्नो निरन्तर अध्यापनलाई अगाडि बढाउने क्रममा बाँकेको दिपेन्द्रं प्रा.वि., चौघरियामा १० वर्ष, कोहलपुर नगरपालिका वडा नंं १ को जनज्ञान ज्योती मा.वि.मा १३ बर्ष अध्यापन गर्ने क्रममा ८ वर्ष प्रधानाध्यापकको जिम्मेवारी प्राप्त भयो । आफुले अंगालेको जिम्मेवारीलाई कुशलता पुर्वक कार्य गरि २०६७ सालको एस.एल.सी. परीक्षामा सामुदायिक विद्यालय तर्फ आफ्नो कार्य क्षेत्ररहेको विद्यालय प्रथम भई नेपाल सरकाकरबाट विद्यालयले पुरुस्कार पाउन सफल भएको दृष्टान्त जानकारी गराउन चाहन्छु ।
आदरणीय ब्यवसायी ज्यूहरु, आफ्नो जिम्मेवारीलाई कुशलता पूर्वक सम्पन्न गर्नु यो एउटा उदाहरण हो । त्यसै गरी सरकारी जागीरलाई आफ्नो मुख्य आय श्रोत बनाई रहंदा जागीरबाट मात्र घर ब्यवहार चल्न नसक्ने अबस्था आई २०५४ सालमा कोहलपुर नगरपालिका वडा नंं ११ मा “न्यू गौरी शंकर बिजुली भण्डार” नामक इलेक्ट्रिक पसल सञ्चालन गरी निरन्तर व्यवसाय गर्दै आईरहदा समयले मान्छेलाई परिवर्तनशिल, अग्रगामी, व्यवहारीक, व्यवसायी बनाउन सक्ने रहेछ भन्ने कुरा २०७४ सालको कोहलपुर उद्योग बाणिज्य संघको ८औं अधिवेशन एंव र्निवाचनमा २०७७ साल श्रावण १ गते स्थायी शिक्षक पदबाट राजिनामा दिई श्रावण २ गते महासचिव पदमा उम्मेदवारी दिई २०७७ श्रावण १५ गते भएको निर्वाचनबाट यहाँहरुको अमूल्य मतबाट महासचिव पदमा निर्वाचित भएको कुरा पुनः अवगत गराउन चाहान्छु ।
मलाई यहाँहरुले दिनु भएको जिम्मेवारीलाई आत्मसाथ गर्दै आफुले जाने, बुझे सम्म यहाँहरुको साथ, सहयोग र सुझाबमा अगाडी बढ्दै गर्दा कोही कसैलाई केही अप्ठयारा कुराहरु गरेको भए यसै अपिल मार्फत सबैमा क्षमा याचना गर्न चाहान्छु । कोहलपुर उद्योग बाणिज्य संघले उद्योगी व्यसायीहरुको पक्षमा गर्नु पर्ने कार्यहरु गर्न धेरै बाँकी छन् । ति कामहरु गर्नका लागि सक्षम योग्य अनुभवी, लगनशिल, संघलाई समय दिन सक्ने र भिजन भएको व्यक्तीको आवश्यकता रहेको छ । हामी २०७४ मा निर्वाचित भए पछिको टिमबाट जे जति कामहरु गर्न सक्यौं सोको मूल्याङ्कन स्वयम् व्यपारीज्यहरुले नै गर्नु भएको छ । मैले आफ्नोे उम्मेदवारी लिदै गर्दा यति सम्म भन्न सक्छु की व्यवसायिक हक हित प्रर्वद्धनका लागि र सरकारी निकायहरुबाट हुने निति नियमहरुलाई परीपालन गर्दै कुनै पनि किसिमको डर त्रास मा पर्न नपर्ने वातावरण सृजना गर्नका लागि सदैव लागि रहने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु । कोहलपुर उद्योग वाणिज्य संघमा ३ बर्षको कार्यकाल बिताउने अबसर मिल्दै गर्दा व्यवसायीहरु प्रति सदैैव आफ्नोे सकारात्मक बिचार रह्यो । संघको कार्यालय संचालनलाई प्रभावकारी बनाई व्यापारीहरुको तथ्यांकलाई व्यवस्थीत गर्ने काम गरियो । नेपाल, उद्योग, वाणिज्य, महासंघको ५३औ साधारण सभामा देश भरीका उद्योग, वाणिज्य संघहरुमा द्धितीय स्थान प्राप्त गरि प्रधानमन्त्रीबाट संघ सम्मानित भयो । संघको महासचिव पदमा रही कार्य गरी रहदा संघबाट गरीएका महत्वपूर्ण कार्यहरुः  ने.उ.वा.महासंघको ५४औँ साधारण सभा एवम् अधिवेसनमा केन्द्रिय सदस्य पदमा यस संघका अध्यक्ष चक्र बहादुर अधिकारीलाई निर्वाचित गराउन सफल ।  ने.उ.वा. महासंघ लुम्बिनी प्रदेशमा संघका निबर्तमान अध्यक्ष नरेन्द्र प्रसाद शर्मालाई प्रदेश महासंघको सदस्यमा मनोनित गराउन सफल । ७०० व्यापारीहरुको रु. १०० मा रु. १,००,००० (एक लाख) बराबरको र्दुघटना बिमा । संस्थाको बहुआयमिक भबन निर्माणमा ३,६२,००,००० (तिन करोड बैसठ्ठी लाख) सम्मको खर्च हुने योजना सहितको नक्सा पास गरि डि.पि.सी. सम्मको कार्य सम्पन्न । व्यवसायीहरुलाई लेखा तालिम, कर शिक्षा, तालिमको व्यव्स्था गरेको । वाणिज्य कार्यालय र नापतौलका कर्मचारीहरुलाई कार्यालयमा नै बोलाई सिविर सञ्चालन गरि फर्म नविकरण र ढक तराजु पञ्जिकरण गर्ने कार्य गरेको । आन्तरिक राजश्व कार्यालयको टोली संघमा ल्याई कर बुझ्ने काम र कर चुक्ता संघबाट नै व्यापारीहरुलाई दिने कार्यको थलानी दिएको । लुम्बिनी प्रदेश भूमि कृषि तथा सहकारी मन्त्रालय र संघको संयूक्त लगानीमा कोहलपुर–११, एन.टि.भि. रोडको दक्षिणमा कोहलपुर कृषि हाट बजार स्थल निर्माण । उद्योगी व्यवसायीहरुलाई परेका समस्याहरुलाई आफ्नै समस्या सम्झि समाधान गर्नका लागि पहल कदमी गर्ने गरेको । व्यबसायीहरुको पसल चोरी हुदाँ प्रशासनसँग समन्वय गरी चोर पत्ता लगाउने कार्य गरेको । बजारलाई व्यवस्थित र सुन्दर बनाउन स्थानीय सरकारसँग सहकार्य गर्दै आएको ।  सडक दुर्घटनालाई न्यूनिकरण गर्न स्थानीय सरकार वडा नं. ११ सँग सहकार्य गरि सडकलाई व्यवस्थीत गर्न सक्रीय भूमिका निर्वाह गरेको । ल कोभिड १९ बाट प्रभावित दैनिक मजदुरी गरि खानेहरुलाई केहि मात्रमा भएपनि राहत स्वरुप १५० जनालाई चामल ,तेल, नुन आदि वितरण । बाढि पीडितहरुलाई खाद्यान्न र त्रिपाल सहयोग । बाँके जिल्लाको बैजनाथ गाँउपालिका नौवस्तामा निर्माण गर्न लागिएको औद्योगीक क्षेत्रलाई छिटो भन्दा छिटो सम्पन्न गर्नका लागि सरकारसँग माग गर्दै औद्योगीक क्षेत्रका कार्यक्रममा उल्लेखनीय सभागीता रहेको ।
कोहलपुर नगरपालिका विकास निर्माणका बैठक, छलफल निति निर्माणहरुमा आवस्यकता अनुसार सहभागिता जनाई आवश्यक सल्लाहा सुझाब दिने गरेको । व्यवसायीहरुबाट उठाइने कर बढी भएकोले नगरपालिकाको राजश्व परामर्श समितीमा छलफल गरी घटाउन पहल गरी घटाउन सफल भएको । ल सामु्दायिक विद्यालयका ३५ जना जेहेन्दार गरिव छात्रवृत्ति कार्यक्रमको शुरुवात गरिएको । कोहलपुर उद्योग वाणिज्य संघको संस्थागत विकासका लागि यूरोपियन यूनियन संग ३ करोड ७५ लाख को योजना बनाई पेश गरेको । कोहलपुर उद्योग बाणिज्य संघका विभिन्न गतिविधीहरुलाई महासंघमा तत्कालै उपलब्ध गराई संघको कार्यक्रमहरु पेश गर्ने गरेको । ल संघले विभिन्न संघ संस्था, स्थानीय सरकार, प्रदेश र केन्द्रिय सरकारसँग समन्वय गरि कार्यहरु संचालनका लागि योजना बद्ध तरीकाबाट अगाडि बढेको । आदरणीय व्यवसायीहरुः हाम्रो यस विष्णु प्रसाद खनाल नेतृत्वको साझा समावेशी प्लानेलले आफ्नो घोषणा पत्रमा राखेका योजनालाई लागु गर्न र सम्पन्न गर्न हाम्रो सम्पूर्ण टिमलाई मतदान गरी विजयी गराई दिनुहुन हार्दिक अनुरोध गर्दै संघको २२ बर्ष को इतिहासमा धेरै राम्रा कामहरु भएका छन् अझै व्यवसायीहरुको हितमा गर्न पर्ने काम हरु धेरै छन् यी माथिका कार्यहरु उदाहरण मात्र हुन् । हाम्रो संघको २०७७ साल फागुन २२ गते निर्वाचनमा विष्णु प्रसाद खनालका सम्पूर्र्ण उम्मेदवारहरु आफ्नोे अमुल्य मत दिई विजय गराउनु भई धेरै कामहरु लाई सम्पन्न गर्नका लागि जिम्मेवारी पूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मलाई वरिष्ठ उपाध्यक्ष पदमा मतदान गरी दिनुहुन हार्दिक अनुरोध गर्दछु । सामाजिक क्षेत्रमा संलग्नता ल २०५० सालमा शिक्षक पेशामा प्रवेश गरी २०७४ सालमा अवकास प्राप्त । २०६६ सालमा प्रधानाध्यापकको जिम्मेवारी । विजुली ब्यवसायी संघ बाँकेको संस्थापक कोषाध्यक्षको जिम्मेवारी । ल इलेक्टोनिक्स तथा मोवाईल ब्यवसायी संघ बाँकेको वरिष्ठ उपाध्यक्ष । नेपाल विद्युतीय व्यबसायी महासंघको पूर्व केन्द्रिय सदस्य । लायन्स कल्ब अफ कोहलपुरको सन् २००७ देखि हाल सम्म निरन्तर सदस्य, सचिव अध्यक्ष हँदै लायन्स इन्टरनेसनल डिस्ट्रीक ३२५ वि.२ को जोन चेअर पर्सन र हाल डिस्ट्रीक डिपार्टमेन्ट चिफ । कोहलपुर उद्योग बाणिज्य संघको महासचिव २०७४ देखि हाल सम्म । वागेश्वरी बहुमुखि क्याम्पस पूर्व संचालक समितिको सदस्य । रेडियो कोहलपुर एफ.एम.को प्रबन्ध निर्देशक,ज्ञानोदय पुस्ताकालयको साधारण सदस्य,भेरी सित भण्डारको साधारण सदस्य र डायनामिक उच्च मा.बि. को ब्यवस्थापन समिति सदस्यको रुपमा छु ।

 

Nabintech