१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
व्यवसायीको हित र कोहलपुरको समग्र बिकासमा प्रतिबद्ध छु : योगी


कोहलपुर उद्योग वाणिज्य संघको यहि फागुन २२ गते हुने निर्वाचनका लागि साझा समावेशी व्यवासायी समूहको खुुला तर्फको सदस्य पदका उमेदवार ओपेन्द्र नाथ योगीले आफुुलाई भोट दिएर सहयोग गर्न व्यावसायीहरुलाई अनुुरोध गरेका छन । कोहलपुुर ९ मा मर्माली ट्रेड एण्ड सप्लार्यस मार्फत व्यववसायीक कारोवर गर्दै आएका योगी मर्माली कृषि सहकारी संस्था , कोहिनुर ईन्फास्टक्चर प्रा.ली, मनोज निर्माण सेवा मार्फत व्यवसायीक कारोवार गर्दै आएका छन ।
२०६८ साल देखि व्यवसायीक जिवनमा होमिएका योगी बिभिन्न सामाजिक सस्थाहरुमा पनि उतिकै सक्रिय छन ।

१. सदस्य पदमा तपाईको उम्मेदवारी किन ?

कोहलपुरका उद्योगी ब्यवसायी संस्था कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि निर्वाचन हुदैछ । सो निर्वाचामा बिष्णु खनालले नेतृत्व गरेको साझा समाबेसी समुहबाट मैले सदस्य पदमा उम्मेदवारी दिएको छु । खासगरी युवाहरुलाई उद्योग र व्यवसाय तर्फ आर्कर्षित गर्ने र कृषि तथा घरेलु उद्योगहरु लाई संरक्षण र प्रबद्धन गर्न मैले उम्मेदवारी दिएको हु ।

२. व्यवसयाीको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
भेटघाटको क्रममा हामीलाई व्यवसायीहरुले थुप्रै समस्याहरु सुनाउनुहुन्छ । संघले व्यवसायीको हितका खेल्नु पर्ने भुमिका खेल्न नसकेको गुनसो गनु हुन्छ । अझ साना, लधु र घरेलु उद्योग व्यवसाय प्रबद्धनका लागि संघले ठोस योजना निर्माण गनु भनिरहनु भएको छ । हामीलाई जिताउनुहोस हामी तपाईहरुको भावना अनुसार काम गर्न तयार छौंै । अहिले जुन हाम्रो टिम र हामीले उठाएको मुद्दा छ, त्यो व्यवसायीहरु कै हितका लागि हो । त्यसैले हामीले उहाँहरुलाई आस्वस्त बनाएका छौ । केही युवा व्यवसायीहरुको जोस र जाँगरले हामीलाई प्रभावित गरेको छ । उहाँहरुले हामीलाई समर्थन गर्नुभएको छ ।

३. साझा प्यानलले जित्नेमा कत्तिको विस्वस्त हुनुहुन्छ ?

हामीसँग एउटा सक्षम नेतृत्व छ । जसले कोहलपुर उद्योग वाणिज्य संघको स्थापनादेखि यहाँसम्म ल्याउन भूमिका निर्वाह गर्नुभएको छ । व्यवसायीहरुले बिष्णु खनाल नेतृत्वको प्यानलका उम्मेदवारहरुलाई निकै भरोसा गर्नुभएको छ । हामी पनि विभिन्न क्षेत्रमा दुःख गरेर माथि उठेका साथीहरु छौ । त्यसैले यसपटक मतदाताले हामीलाई भोट दिन्छन् भन्नेमा म ढुक्क छु ।साझा समाबेसी समुहका सम्पर्ण उम्मेदवार बिजयी हुनेमा हामी ढुक्क छौ ।

४. अत्यमा के भन्न चाहनुहुन्छ ?
बिष्णु खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी समुहका सम्पुर्ण टिम लाई बिजयी गराउन म बिनम्र अनुरोध गर्दछु । र बिजयी पछि कोहलपुर क्षेत्रका व्यवसायीको हित र कोहलपुरको समग्र बिकासमा प्रतिबद्ध भएर लाग्ने प्रण गर्दछु ।

 

Nabintech