१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जितको नजिक बिण्णु प्रसाद खनालको प्यानल


कोहलपुर /  कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनको मिती नजिकीदै जादाँ चुनावी हामोल तातिएको छ । बजारमा निर्वाचनको परिणाम बारे बिभिन्न खाले अडकल बाजिहरु सुरु भएको छ ।
प्रगतिशील व्यवसायी र प्रजातान्त्रीक व्यवसायी बिच समुहगत प्रतिस्प्रर्धा भएको चुनावमा उच्च प्रातिस्प्रर्धा भए पनि प्रगतिशील व्यवसायी जितले निकाल्ने अड्कल गरिएको छ । बिभाजित नेकपा एक भएर चुनावमा होमिएको र राष्ट्रिय जनमोर्चाले समेत साथ दिएकाले बिष्णु खनालले नेतृव्व गरेको समुह बिजयी हुने कोहलपुरका पुराना व्यवसायी पोष्ट राज भुषाल बताउँछन ।
भुषालका अनुसार तिन हजार तिन सय बढि मतदाता भएकोमा बिष्णु प्रसाद खनालले नेतृत्व गरेकोा समुहको पक्षमा झण्डै २ हजार बढि मत खस्ने अनुमान छ ।
बिभाजित नेकपा एक भएर चुनवामा गएको र संघको संस्थापक मध्येका जुझारु र कर्मनिष्ठ बिष्णु प्रसाद खनाल उम्मेदवार बनेकाले जित सहज भएको भनाई छ । संस्थापक सदस्य भएको र हाल सम्म व्यवसायीको हितमा निरन्तर क्रियासिल भएकाले खनाल व्यानलको पक्षमा सहानुभुती मत समेत आउने आँकलन भुषालको छ ।
बिष्णु प्रसाद खनाल समुहबाट बरिष्ठ उपाध्यक्षमा तेज प्रसाद अधिकारी उम्मेदवार बनेका छन । लामो समय व्यवसयीक जिवनका साथै शिक्षण पेशामा आवद्ध रहिसकेका अधिकारी यस अघि महासचिव रहेका थिए । महासचिव पदमा रहदा संघको बिकासमा महत्वपुर्ण भुमिका खेलेकाले पनि उनि संघको बरिष्ट उपाध्यक्ष पदमा बिजयी हुने आंकलन छ ।
उद्योग तर्फको उपाध्यक्ष पदमा कमल खड्का उम्मेदवार बनेका छन । कोहलुरको समाजिक क्षेत्रका साथै बिभीन्न व्यवसायी कार्यमा सक्रिय खड्का संघमा भने नयाँ अनुहार हुन । नयाँ अनुसार भएपनि सबै संग मिलनसार र सहयोगी स्वाभावका खड्का पनि सबैले रुचाएका उम्मेदवारमा पर्दछन ।
बाणिज्य तर्फका उम्मेदवार बलराम देवकोट कोहलपुरका व्यापारी माझ लोकप्रिय नाम हो । उनि बाणिज्य तर्फको उपाध्यक्ष पदमा सहज जित निकाल्ने सबै व्यवसायीको आँकलन छ ।
महासचिव पदका उम्मेदवार नबिन खड्का भिजन भएका युवा व्यावसयाीमा पर्दछन । उनि यस अघि सर्वाधिक मतका साथ सदस्य पदमा बिजयी भएका थिए । एक कार्यकाल सदस्य अनुभव बटुलेका नबिन व्यावसयीक जिवनमा निकै अनुभबि मानिन्छन । सधै नयाँ गर्ने सोच भएका उनि सबैले नाम लिने र चर्चामा रहेका पात्र हुन ।
उपमहासचिव पदका उम्मेदवार प्रशुराम लामिछने कोहलपुरका पुराना व्यवसायी हुन । कोहलपुरको ईलेक्ट्रनिक्स व्यवसायमा सक्रिय लामिछने सरल स्वभावका व्यवसायी हुन ।
कोषध्यक्ष पदका उम्ेदवार खेम प्रसाद घिमिरे कोहलपुरा पुराना तथा युवा व्यवसायी हुन । कोहलपुरमा आकास सप नामक कस्मेटीक व्यवसाय गर्ने उनि सबैको रोजाईमा परेका पात्र हुन ।
सह कोषाध्यक्ष भुपेन्द्र काफ्ने युवा र लगनशिल व्यवसायी हुुन । कोहलपुरमा कोल्ड स्टोर र खाद्यान्न व्यवसायमा एक छत्र व्यवसायीक राज गरेका उनि सर्बाधीक रोजाईका पात्र हुन ।
बिष्णु खनाल नेतृत्वको प्यानलबाट सदस्य पदमा उम्मेदवार बनेका अधिकाँय युवा व्यवसायी रहेका छन । नयाँ भिजन भएका र लामो समय व्यवसायीक क्षेत्रम क्रियासील रहेकाले उनिहरु सबैको जित निश्चित रहेको सबैको बुझाई छ । सदस्य पदमा क्रमस पुन्य प्रसाद तिवारी, अर्जुन सुवेदी, बेदराम घिमिरे, महेश खतिवडा, जगत रामदाम, गोपाल प्रसाद अधिकारी, ओम प्रकाश चापाचाई, गंगा भण्डारी, विकाश बुढाथोकी, ओपेन्द्र नाथ योगि, महिला सदस्यमा कमला खड्का र अम्बिका आचार्य रहेका छन् भने एशोसियट सदस्यमा पुष्पराज न्यौपानेले र बस्तुगत तर्फ टंक बस्याल उम्मेदवार बनेका छन ।

Nabintech