१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सुन्तला रोपेर स्याउ खान खोज्ने हरु……….


मेरो राती निद्रा नलागुन्जेल र बिहान उठ्ने बितिकै मोवाईल नै पहिलो प्राथामिकतामा पर्छ ।राजनितमा खासै चासो नराख्ने मलाई २०६२ ।२०६३ देखी राजनैतिक समाचार अलि अलि मन पर्न थालेको छ । २०७७ साल पुष ५ गते के.पी वलीको कु पछी नेपालको राजनीती २ धारमा बाडियो । आवरणमा २ नेताहरको कुर्सीको खेल जस्तो देखीने राजनैतिक विवाद को भित्री रुप अर्कै थियो । बास्तबमा यो बिभाजन गरिव बिपन्न र समाजले पडाडी पारिएका बर्ग समुदायले अधिकार पाउने वा साममन्ती सत्ताको आडमा बर्षै देखी एक्लै हाली मुहाली गरिरहेका ब्यक्तिहरुको नै रहने भन्ने नै हो । जनआन्दोलन को पृष्ठभुमीबाट आएका नेताहरु जस्ले सामन्ती सत्ता को बिरुद्ध लड्दै गर्दा आफ्ना आफन्त र आफुलाई साथ दिने हजारौ साथी हरुलाई गुमाय आफ्नै ज्यानको समेत परवाह नगरी युद्धमा होमिय उनिहरुलाई आजभोली १७ हजार मान्छे मारेको आरोप मात्र लगाउने गरेका छन्र परिवर्तन बिरोधीहरुले । मलाई यस्ता मान्छेहरुलाई सोध्न मन लाग्छ १७ हजार मान्छे नमरेको भए तिमिरुले अहिलेको नेपाल पाउथ्यौ ? उनिहरु हाम्रो राम्रो को लागी सहिद भएका हुन् उनिहरुको त्यागलाई फगत मृत्यु मात्र देख्ने तिम्रा आखाहरु र मन दुबै कपटी छन् यस्को सोझो अर्थ हो तिमिलाई यो परिवर्तन मन परेको छैन ।

सामाजिक संजालमा संयोगवस दुइवटा सामाचार एकै पटक सुन्न्ो मौका मिल्यो । नेपालगन्जमा केही नेताहरुले दलित समुदायको मुक्ती अव केपी वली बाट मात्र सम्भव छ  भन्दै केही थान ब्यक्तिहरु जम्मा गरेछन् । फोटोमा देखीएका केही अनुहारहर हेर्दा लाग्थो उनिहरु कस्को पछी लाग्दैछन् थाहा नभए पनी उनिहरुको समस्या समाधान हुन्छ की भन्ने आशा धेरै थियो र छ पनी ।उनिहरुको इमोसनको गलत प्रयोग नगरियोस नेतागनलाई सुझाव छ ।

अर्को एउटा भिडियोमा केपी वली भन्दै थिए जातको आधारमा भाग बन्डा कुन देशमा छ ? सासन ब्यवस्था जातको आधारमा , विद्यँर्थी पढ्ने जातको आधारमा, डक्टर बन्न्ो जातको आधारमा ,इन्जीनियर बन्ने जातको आधारमा यो कसरी हुन्छ ? सायद यिनलाई कसैले आरनमा फलाम पिट्दै गरेको ब्यक्तिलाई डाक्टर बनाईदेउ भनेछ क्यारे , घर बनाउने मिस्त्रीलाई इन्जीनियर बनाईदेउ पनी भनेको हुनु पर्छ त्यसैले जंगिदै थिए । पानीमा जानेले पौडी खेल्न जानेको हुनु पर्छ । अरु कुरामा जस्तै गरी कमेडी गरे सुन्ने बितिकै हासो लाग्यो सायद उनले ठुलो मासमा यो कुरा भनेको भए तालि खुबै पाउथे होला । मलाई हेर्न र सुन्न मन छ कि यो कुरा गर्दै गर्दा राज्य सत्ताको कु ब्यवस्थाका कारण पछाडी पारिएका दलित , जनजाती , महिला हरुले पनी हास्दै ताजी बजाए होलान ् ? कर्मको आधारमा सृजना गरिएको जात ब्यवस्था लाई शासकहरुले स्वार्थको लागी जन्मको आधारमा बनाई दिए त्यसको फल स्वरुप अहिले दलित को अवस्था यस्तो भएको हो होइन भने बल ,बुद्धि,दिमाग,मन ,शिप ,रुप के कुरामा पछाडी छ दलित समुदाय । सबै क्षमता हुदा हुदै शासक बाट लादिएको जात ब्यवस्थाको कारण अवसर बाट बन्चित पारिएको हामी लाई तिमिले खोसेको अधिकार पुन हामीलाई फिर्ता देउ, पढ्ने अवसर देउ, डक्टर बन्ने अवसर देउ ईन्जीनियर बन्ने अवसर देउ भन्ने नागरीक हरुको माग लाई सम्बोधन गर्न संबिधानमा ब्यवस्था गरिएको अधिकार कार्यन्यन गर्ने गराउने ठाउमा बिराजमान नेता ज्युको यो भनाई ले पुस्टी गर्छ की उहां कसको पक्षमा कम गर्ने नेता हो । नेपालमा जातिय भेदभाव हुदैन थियो भने हाम्रा पुर्खाहरु पहीले नै डक्टर र इन्जीनियर बनी सक्थे होला ।

मिमिहरु जस्तो धनी र पैसावाल भई सक्थे होला । दलित ले पढे जिब्रो थुतिदिनु, सुने सिसा पगालेर हाली दिनु सम्पत्ती जोडे लुटीदिनु भन्न्ो सिकाउने तिम्रो सामन्त बादका कारण हाम्रो अधिकार खोसीएको हो । त्यसैले तिमीले हामी बाट खोसेको अधिकार फिर्ता चाहियो । हाम्रो भागको अधिकार पहिले हामीलाई बन्धक बनाएका थियौं त्यसैले तिमीले हालीमुहाली गर्यौं अव हामी स्वतन्त्र भएका छौं हाम्रो अधिकार हामी आफै उपयोग गछौं । राज्यले दलितको अधिकार कुन्ठीत गरी दलित लाई अवसर बाट बन्चित गरको कारणले क्षमायाचना स्वरुप राज्यले ब्यवस्था गरेको र संबिधानमा लेखिएको समाबेसी र समानताको अधिकार हाम्रो अधिकार केपी वली र उनका समर्थक ले भन्दैमा हट्ने छैन । किनकी यो देशका नागरीक तिमी मात्र होइनौं ।

मैले नेतहरुको भासनमा पनी सुनेकी छु र नागरीकको आवाज पनी सुनेकी छु सबै पछाडी पारिएका बर्ग र समुदायले समानता चाहेका छन् समाबेसी चाहेका छन् , परिवर्तन चाहेका छन ् , तर लाग्छन् परिवर्तन बिरोधीका पछाडी । केही समय पहिले ११ हजार कर्मचारी का लागी लोक सेवा आयोग खुल्दै गर्दा संबिधान र जनताको मर्म बिरुद्ध समाबेसी कोटा काटेका के.पी वली का पछाडी लाग्ने हरु परिवर्तन, समाबेसी र समानताको बिरोधी मात्र होलान की आफ्नै अधिकार लुटिदा पनी हासेर ताली बजाउने आत्मघातहिरु पनी होलान । बुझ्न मन लागेको छ । मैले बुझ्न नसकेको कुरा सुन्तला रोपेर स्याउ फल्छ र ? स्याउ खाने मन भए स्याउ नै रोप्नु पर्छ नत्र आफुले रोपेको सुन्तला नै खानु पर्छ होइन र ? चाहाना परिवर्तनको राख्ने अनि गोडमेल यथास्थिती बाद लाई गर्ने । दोहोरो चरित्र प्रदर्शन नगरौ । यसबाट फाईदा त नेताहरुलाई नैहुन्छ जनताको हातमा केही रहदैन । सबै परिवर्तन चाहाने नागरकिहरु एक ठाउमा आएपछी मात्र हामीले चाहेको पुरा हुन्छ र शासक हरु हार्छन् नत्र भने जहिले अरुलाई ठुलो मान्छे बनाउने मात्र हो हामी ठुलो बन्न सक्दैनौं ।

Nabintech