१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
संर्घष दलित महिला सहकारीले १४ औ स्थापना दिवस मनायो


कोहलपुर / बाँकेको कोहलपुर नगरपालिका २ स्थित सर्घष दलित महिला सहकारी संस्थाले मंगलबार आफ्नो १४ औ स्थापना दिवस मनाएको छ । कार्यक्रममा दलित गैरसरकारी संस्था महासघका पुर्व अध्यक्ष गजाधर सु्नार र संस्थाकी अध्यक्ष शितला परियारले संयुक्त रुपमा केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिति सुनारले सहकारीले बाँकेमा निकै राम्रो काम गरेको बताउदै आगामी दिनहरुमा सबैलाई समेटेर लैजानु पर्नेमा जोड दिए त्यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं ११ की वडासदस्य हरीकला सुनारले सहकारीले सम्पुर्ण महिलाहरु लाई एकताबद्ध गर्ने काम गरेको बताउदै सबैले सहकारीको विकास र उत्थानमा लाग्नुपर्ने बताइन ।

कार्यक्रममा सहकारीका शेयर सदस्यहरुलाई वित्तिय साक्षरता बारे जानकारी दिनुका साथै सहकारी बारे समिक्षा तथा मैत्रीपुर्ण वनभोज कार्यक्रम गरी स्थापना दिवस मनाइएको जा सहकारीकी प्रबन्धक तुलसी सुनारले जानकारी दिइन कार्यक्रममा कोहलपुर नगरपालिका भित्रका दलित महिला वडासदस्य रेडियो प्रतिबोध एफएमका अध्यक्ष बुद्धसुनार संचारकर्मी लगायतको सहभागीता रहेको थियो । सर्घष दलित महिला सहकारी संस्थामा २०७७ माघ महिना सम्म २०४५ जना शेयर सदस्यहरु रेका छन भने १ सय ३३ वटा समुहहरु रहेका छन ।

Nabintech