५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
 सयौं नेपाली भारतीय जंगलमा अलपत्र


 

कंचनपुर / भारतमा समेत कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहां रहेका नेपाली धमाधम घर फर्किन लागेका छन् । कतिपय नेपाली घर फर्किसकेका छन् भने कतिपय भारतमै अलपत्र परेका छन् ।केही घर फर्किने बेला बाटामै अलपत्र परेर उनीहरुको विजोग भएको छ । भारतका विभिन्न शहरबाट स्वदेश फर्किएका सयौं नेपालीलाई भारतीय प्रहरीले बनबासा जंगल क्षेत्रमा रोकेपछी उनीहरु अलपत्र परेका हुन् । लामो सकसका विच स्वदेश फर्किन लाग्दा उनीहरुलाई गयराती १ बजेदेखि भारतीय प्रहरीले आउन नदिएपछि उनीहरु त्यही अलपत्र परेको बताइएको छ ।

बनबासा नाका भएर नेपाल आउन लागेका करिब ३ सय नेपालीलाई भारती प्रहरीले बनबासामै रोकिदिएपछि उनीहरु झन संकटमा परेका छन् । भारतमा जनता कफ्र्यु र लकडाउन भएपछि भारतीय प्रहरीले मंगलबार मात्रै स्वदेश फर्किन लागेका नेपालीलाई रोकेको हो । भारतीय प्रहरीले सोमबार सांझसम्म नेपालीलाई रोकेको थिएन् ।
नेपालमा लकडाउन भएकोबारे थाहा नभएको बताउदै उनीहरुले कोरोनाका कारण भारतमा रोजगारीका सबै क्षेत्र बन्द भएपछि घर फर्कने क्रममा भारतीय प्रहरीले जंगलमा रोकिदिएको एक नेपालीले बताए ।

भारतको दिल्लीबाट फर्किएका नेपाली नारायण भट्टले राती बनबासा नजिक पुग्दा भारतीय प्रहरीले नेपाल फर्किन नदिएको बताए । ‘हामी रातभरदेखि यतै जंगलमा बसेका छौं, ‘उनले भने, ‘भोकभोकै बस्नु परेको छ , भारतीय प्रहरीले नेपाल सरकारले छाड्न अनुरोध गरे छाडिदिने बताईरहेको छ, हाम्रो यो कहालिलाग्दो पीडा कसले बुझिदिने, जंगलमा पानी समेत पाईएको छैन् ।’

बालबालिका, बृद्धबृद्धा, जेष्ठ नागरिक गर्भवती महिला रातभरदेखि भोकभोकै बसिरहेको उनले दुखेसो पोखे । ‘हामी युवा भन्दा बढि यि बालबालिका, महिला र जेष्ठ नागरिक बढि संकटमा परेका छन्, ‘भट्टले भने, ‘हामी संकटको घडीमा छौं, यतै मर्नु न बांच्नु पर्ने अवस्थामा पुगेका छौं।’

नेपालमै गएर क्वारेन्टाईनमा बस्नु परेपनि बस्ने बताउदै उनले भारतबाट जसरी भएपनि नेपाली भूमिमा पुग्ने माहोल बनाईदिन अनुरोध गरेका छन् ।जंगल भएकाले पानी समेत नपाईने अवस्था भएको भन्दै उनले दुखेसो पोखेका छन् । एकै ठांउमा लामो समयदेखि सयौं नेपाली अलपत्र परेपछि झन संकट निम्तिने खतरा देखिन्छ ।

भारतमा अलपत्र परेका नेपालीको जसरी भएपनि उद्दार गरेर नेपालमा क्वारेन्टाईनमा राख्नुपर्ने स्थानीयको माग छ । यता भारतका विभिन्न क्षेत्रबाट उपचार गरेर घर फर्किएका ५६ जना नेपालीलाई गड्डाचौकी नाकामा रोकिएको छ । संघीय सरकारले १० चैत्रदेखि नै भारत र चीनसंग जोडिएका नाका बन्द गर्ने र आजदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको थियो ।

तर, धमाधम भारतबाट नेपाली फर्किन लागेको विषयमा सरकारले कसरी उनीहरुको उद्दार र सीमा क्षेत्रमा अडकिएका नेपालीलाई घरसम्म पु¥याउने प्रबन्धबारे नसोच्दा नेपाली अलपत्र परेको कञ्चनपुरका अगुवा मिन बहादुर सिहले बताए । ‘हामीले यता नाका बन्द गरेका छौं, उता भारतले हिसोजसम्म नेपालीलाई छाडेको थियो, सीमा क्षेत्रमा पुगेका नेपालीलाई हिजैदेखि रोकियो, आजदेखि फेरी नेपाली घर फर्किदा भारतीय प्रहरीले रोक्यो, ‘उनले भने, ‘नाका बन्द गर्दा सरकारले भारत सरकारसंग समन्वय नगर्दा सीमा क्षेत्रमा नेपाली अलपत्र परेका छन् ।’

कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी नुरहरी प्रशाद खतिवडाले भारतमा फसेकाहरुको तत्तकाल केही गर्न नसकिने बताए । ‘लकडाउन हो, कसैले घरबाट हिड्नै भएन, ‘प्रजिअ खतिवडाले भने, ‘यस विषयमा केही गर्न सकिदैन् ।’

एकै ठांउमा सयौं हजारौं मानिस लामो समयसम्म बसिरहदा समेत उनीहरुबाट झन संक्रमण हुने खतरा हुने भएकाले भिडभाँड गर्न नहुने भनेपनि अलपत्र परेका नेपाली यसरी एकै ठांउमा जम्मा हुंदा झन संक्रमणको खतरा बढेको छ ।

Nabintech