५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
आपतकालिन कोषको व्यवस्था गर्न कृषक सञ्जाल बाँकेको माग


 

कोरोना भाईरसका कारण कृषि व्यावसयमा नकारात्मक असर परेको भन्दै जोखिम न्युनिकरणकालागि आपतकालिन कोषको व्यवस्था गर्न कृषक सञ्जाल बाँकेले माग गरेको छ । सञ्जालका अध्यक्ष शेषकान्त शर्मा र महासचिव लालमणी भण्डारी द्धरा जारी बिज्ञप्तीमा यस्तो माग गरिएको  छ । बिज्ञप्तीमा जलवायु परिर्वतका कारण मानब जिवन र स्वास्थ्यमा अत्यन्तै नकारात्मक असर परे जस्तै कृषि क्षेत्रमा पनि गम्भीर असर पर्दै गरएको भन्दै यस्तो माग गरिएको हो ।

कुल ग्राह्रथ उत्पादनको ठुलो हिस्सा ओगटेको क्षेत्र लाई तहस नहस हुन नदिन समयमै कदम चाल्न माग गरिएको छ । जलवायु परिर्वतका कारण पछिल्लो समय असिना र बेमौषमी पानिका कारण यस बर्ष हिउँदे वालिमा क्षति पुगेको छ । बिज्ञप्तीमा कोरोना भाईरसको प्रकोप जोखिम कम गर्न सचेतनाका उपाय अवलम्वन गर्न समेत माग गरिएको छ ।
ब्यवसायीक कृषक सञ्जाल बाँकेका अध्यक्ष शेषकान्त शर्मा र महासचिव लालमणी भण्डारीले कोहलपुर नगरपालिकाका मेयर लूटबहादुर रावतलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

Nabintech