१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
शान्तिनगरवासीको माग प्रति अथकको एकेबद्वता


बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथकले शान्तिनगरवासीको मागप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन । कोहलपुर नगरपालिका वडा नं. ११ शान्तिनगरमा बस्दै आएका स्थानियहरु बसाई सराई, बिबाह दर्ता, जन्म दर्ता लगाएतका मौलिक हकको माग गर्दै केही दिनदेखी आन्दोलित छन । आफ्नो मौलिक हककालागि आन्दोलनमा उत्रिएका नागरिकहरुप्रति स्थानिय सरकारले वेवास्ता गरेको भन्दै साँसद अथकले गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन ।

बिहिबार सामाजिक संजाल फेसबुकमा विज्ञप्ती जारी गर्दै अथकले प्रत्येक नागरिकको जन्म, मृत्यु, विवाह बसाइँ सराइ आदीको दर्ता गर्नु राज्यको दायीत्व भएको उल्लेख गरेका छन । ुकोहलपुर नगरपालिका र सम्बन्धीत वडा नं। ११ को दुरासयपूर्ण रबैयाको कारण हालसम्म पनि सो कार्य अगाडी नबढ्नु दुर्भाग्यपूर्ण हो ।ु अथकले अगाडी लेखेका छन, त्यसैले तत्काल उनीहरुको बसाइँ (सराइ दर्ता गर्न र भूमि ब्यवस्था आयोगको सुचना अनुसारको सुचिकृत गर्न हुन विशेष अनुरोध गर्दछु ।ु

साँसद अथकले कोहलपुर स्थित सम्पूर्ण राजनितिक दललाई उक्त समस्या समाधान गर्न तत्काल साझा पहल गर्न अपिल गर्दै साथै उनले शान्तिनगरवासीले गर्दै आएको जायज आन्दोलनप्रति एकेबद्वता समेत जाहेर गरेका छन ।

Nabintech