१२ मंसिर २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बिष्णु खनाल नेतृत्वको प्यानललाई दश बिगाह र बसपार्कका व्यवसायीको खुलेर सर्मथन


कोहलपुर /फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेसी प्यानललाई कोहलपुर ११ को दश बिगाह र बसपार्क क्षेत्रका व्यवसायीले सर्मथन गरेका छन । सो समुहले मंगलवार गरेको व्यापारीसँगको भेटघाट कार्यक्रममा बसपार्क सुधार समिती अध्यक्ष युवराज भण्डारीले आफुहरुको सर्मथन बिष्णु खनाल नेतृत्वको सम्पूर्ण प्यानललाई रहेको बताए ।


१० बिगाह र बसपार्क क्षेत्रका व्यवसायीका समस्याहरु बारे सुझाव समेत संकलन गरीएको महासचिव पदका उम्मेदवार नबिन खड्काले जानकारी दिए । सो क्रममा बसपार्क क्षेत्रमा प्रहरी प्रशासनले बिभिन्न वहानामा दुख दिने गरेको भन्दै सो समस्या समाधानका लागी पहल गरिदीन आग्रह गरिएको र आफुहरुले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको महासचिवका उम्मेदवार खड्काले जानकारी दिए ।
बाणिज्य तर्फका उपाध्यक्ष बलराम देवकोटाले कोहलपुर क्षेत्रको समग्र उद्योग व्यवसायलाई प्रबद्र्धन गर्न व्यवसायीक संस्था उद्योग बाणिज्य संघले नेतृत्व लिन सुझाव आएको जानकारी दिए । सिमा बजार रुपैडिहाका कारण समस्यामा परेको कोहलपुरको व्यवसाय प्रबद्धनका लागी पहल लिन सुझाव आएको देवकोटाले जानकारी दिए ।
उध्यक्ष पदका उम्मेदवार बिष्णु खनालले आफुहरुले व्यवसायीको सुझाव अनुसार पारदर्शि तरिकाले काम गर्ने प्रतिबद्धता जनाएको बताएका छन । उनले व्यवसायीक हित र अधिकारका लागी व्यवसायीक एकता भन्ने मुल नारकाका साथ आफुहरु चुनावमा होमिएको बताए ।

व्यवसायीक भेटघाट कार्यक्रममा होटल व्यवसायी संघका पुर्व अध्यक्ष बलराम भट्टराई बसपार्क सुधार समितीका पुर्व अध्यक्ष , कृण्ण रानाभाट , कोहलपुरका अगुवा व्यवसायी लिला बल्लभ तिवारी , नेपाल उद्योग बाणिज्य महासघका प्रदेश सदस्य नरेन्द्र प्रसाद शर्मा पौडेल , होटल व्यवासयी संघ बाँकेका अध्यक्ष एक नारायण चापागाई लगायत अगुवा व्यवासयीको सहभागिता रहेको थियो ।

Nabintech