२४ बैशाख २०७८, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बसाई सराई दर्ताका लागी सिंगो वस्ती ३ दिन देखि धर्नामा


कोहलपुर( बाँके) / कोहलपुर ११ को शाान्ति नगरकी बिमला परिययार बिगत ३ दिन देखि कोहलपुर नगरपालिकामा धर्नामा छिन । परिवार मात्रै होईन कोहलपुर ११ शान्ति नगरका भण्डै ७ सय घर परिवार बिमला जस्तै धर्नामा बसेका छन । शान्तिनगर वासीहरु राज्यले पुरा गर्न नसक्ने कुनै माग लिएर धर्नामा बसेका होईनन । उनिहरु संबिधानमा मौलीक हकका रुपमा कायम रहेको व्यक्तिगत घटना दर्ता अर्थात बसाई दर्ता गरिदिन माग गर्दै धर्नामा बसेका हुन ।
कोहलपुर ११ शान्तिनगरमा २०५६ साल देखि आफुहरु बसोवास गर्दै आएको भएपनि कोहलपुर नगरपालिकाले आफुहरुको बसाई सराई दर्ता नगरिदिएको शान्तीनगर बासीको गुनासो छ ।


अव्यवस्थित भुमिहीन तथा सुकुम्वासी समिती कोहलपुर ११ बाँकेका अध्यक्ष जिवन थापा मगरले सर्बेच्च अदालतले समेत बसाई सराई दर्ता गरिदिन निर्देशन दिएको भएपनि स्थानिय सरकारले अटेरी गरेको बताए । उनले बसाई सराई नहुदा आफुहरु भुमिहीनको लागत संकलन फारम समेत भर्न नपाएको बताए ।

दैनिक ज्यालादारी मजदुरी गरेर जिबिको पार्जन गर्दै आएको सो बस्तीका भुमिहीन तथा सुकुम्वासीहरु धर्नामा बसेको भएपनि कोहलपुर नगर सरकार र वडा सरकार भने कानमा तेल हालेर बसेको छ ।
कोहलपुर नगरपालिकाका कारण स्थानिय स्तरमा बनेको भुमि समस्या समाधान आयोगमा फारम भर्न नपाएको संघर्ष समितीका संयोजक तिलक सिजापतीले नयाँ कोर्सलाई बताए । उनिहरुले कोहलपुर नगरपालिकाले वास्तबिक भुमिहिन र दलितलाई पाखा लगाउन बसाई सराई दर्ता नगरिएको उनिहरुको भनाई छ ।
संघर्ष समितीका संयोजक तिलक सिजापतीले आफुहरुको बसाई सराई दर्ता गरेर भुमिहनको लगत संकलन कार्यमा सहभागि नगराउदा सम्म अन्दोलन जारी रहने बताए ।

Nabintech