४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लकडाउन उल्लङघन गर्ने १० जना प्रहरी नियन्त्रणमा


 

सरकारले मंगलवार देखि जारी गरेको नेपाल लकडाउन उल्लङघन गर्दै सडकमा निस्कने १० जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनका विभिन्न क्षेत्रबाट उनिहरुलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख नान्तिराज गुरुङले जानकारी दिए । उनले सरकारको निर्देशन अबज्ञा गर्ने जो कोहीलाई पनि कारवाही गरिने चेतावनी दिए ।

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन आज बिहानदेखि देशभर लक डाउन गरेको हो । तर चोक–चोकमा मानिस निस्किएर रमिता हेर्न छाडेका छैनन् । उनीहरुलाई प्रहरीले सम्झाउनु परिरहेको छ । बाटो बन्द छ, बजार बन्द छन् । तर मानिसहरु प्रहरीको आँखा छलेर सडकमा निस्किन्छन् । प्रहरी देख्नासाथ उनीहरु भाग्छन् । प्रहरी हिँडेपछि फेरि सडकमै निस्किन्छन् ।

 

Nabintech