२४ बैशाख २०७८, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कर्णालीमा बर्डफ्लु भित्रियो


सुर्खेत / भारतका विभिन्न राज्यमा देखा परेको बर्डफ्लू कर्णालीमा पनि भित्रिएको छ। प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बर्डफ्लु देखा परेको हो ।
वीरेन्द्रनगर–१२ नौलो टोलस्थित स्थानीयले पालेका कुखुरामा बर्डफ्लु देखिएको प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपंक्षी विकास शाखाले जनाएको छ। ‘बर्डफ्लु भित्रिएको आशाङ्कामा नै पशु सेवा विभागले नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ,’ पशु विकास अधिकृत प्रचण्ड खड्का क्षेत्रीले रातोपाटीलाई भने ।
उनले भने, ‘शुक्रबार राति १२ बजेतिर गएर दुई जनाको सानो –ठुलो गरेर ३ सय ८१ कुखुराहरु र २ सय ५ वटा परेवाहरु नष्ट गरिसक्यौँ ।’

पशुपंक्षी विकास निर्देशनालयको अगुवाइमा नष्ट गर्ने काम भएको हो । रोग फैलिन सक्ने सम्भावना देखिएपछि शुक्रबार रातिनै सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकले तत्काल बर्ड फ्लु पुष्टि भएका स्थानीयका कुखुरा नष्ट गर्ने काम भएको थियो ।

Nabintech