२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जनता महामारीमा जनप्रतिनीधी रजाइँमा


कोहलपुर/कोहलपुर नगरपालिकाले कोरोना महामारीकाबिच सवारी साधन खरिद कार्यलाई निरन्तरता दिएको छ । कोरोना माहामारीका कारण बिकास निर्माणका कामहरु रोकीएको बेला अतिरीक्त सुबिधाका लागि सवारी साधन खरिद गरेको हो ।कोहलपुर नगरपालिकामा यस अघि एक महेन्द्राको स्कारपियो एक टाटा सुमोको गाडी रहेकोमा हालै होन्डा कम्पनीको क्रेटा कार खरिद गरेको स्टोर शाखाले जानकारी गराएको छ । यस्तै कर्मचारीका लागी र जनप्रतिनिधिको लागी २९ वटा बाईक र एक स्कुटर रहेको स्टोर प्रमुख ईन्द्र ढकालले जानकारी गराए । कोहलपुर नगरपालिकामा पुन नयाँ सुविधा सम्पन्न  गाडी कार खरिद गरेको हो । यसरी कोहलपुर नगरपालिकामा गाडि र ईन्धनमा ठुलो रकम खर्च हुने गरेको कोहलपुर नगरपालिका  श्रोतले जानकारी गराएको छ ।
नेकपा कोहलपुर नगरकमिटी अध्यक्ष बसन्ती अधिकारीले कोहलपुर नगरपालिकाको विकास निर्माण शुन्य जस्तै अवस्थामा देखिएको बताईन । उनले कोहलपुर नगरपालिकाले प्रस्तुति गृह बनाउन नसकेर प्रति वर्ष करिव २ करोड बढी रकम मेडिकल कलेजमा दिने गरेको अवस्था निराकरण गर्ने तर्फ नलागेर जनप्रतिनिधी र कर्मचारीको सेवा सुविधा लिन तत्पर रहेको प्रति आफु र आफ्नो पार्टी बिरोध गदै आएको बताईन ।
कोहलपुर नगरपालिका क्षेत्र करिव १० किलोमिटरमा रहेको र नगरपालिकामा बर्सेनी गाडी खरिद गर्ने कार्य जनभावना विपरित भएको नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितीका सचिव भुम भण्डारीले बताए । जनताको काम गर्ने भनेर गएका जन प्रतिनिधिहरुले जनताको ढाड भाँच्ने गरेर बजेटको दुरुपयोग गरेको सचिव भण्डारी बताउँछन् ।

स्रोतका अनुसार कोहलपुर नगरपालिकाका केहि कर्मचारीलाई आवासको सेवा सुविधा समेत दिएको अवस्थामा आवासको सेवा लिने कर्मचारीको सुविधाको लागी नयाँ गाडि खरिद गर्नु राम्रो नभएको स्रोतले बतायो । कोरोना भाइरसका कारण लकडाउन पूर्ण रुपमा खुलेलगतै कोहलपुर नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीहरुको प्रयोजनका लागि झण्डै ७० लाख पर्ने कार खरिद गरिएको हो । जनतालाई स्वास्थ्य शिक्षा, खानेपानी, सरसफाई र विकास निर्माणका पूर्वाधार समस्याहरु भइरहेका बेला कोहलपुर नगरपालिकाले गाडी खरिद गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरी बताउछिन् । उपप्रमुख चौधरीका अनुसार गाडी खरिद गर्ने निर्णय भएको तर कस्तो खालको किन्ने भन्ने एकिन नभएको उनी बताउछिन् । यस विषयमा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतलाई बुझ्न खोज्दा फोन उठेन् । कोहलपुर नगरपालिकाका सूचना अधिकारी हरी वलीका अनुसार गाडी खरिद गरिएको बताए ।

Nabintech