२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिकाले बिभेद गरेको भन्दै शाान्तिनगरवासी आन्दोलनमा


कोहलपुर/ कोहलपुर ११ को शाान्तिनगरमा बसेका भुमिहीनहरुले आफुहरुको लगत संकलन नगरिदिएरकोहलपुर नगरपालिकाले बिभेदकारी निती लिएको बताएका छन । बिहिवार बस्तीमा आयोजित पत्रकार भेटघाट तथा सघर्ष समिती गठन कार्यक्रममा बोल्दै उनिहरुले आफुहरुको व्यक्तिगत घटना दर्तानैं नगरीदिएर लगत संकलन समेत नगरिएको बताए ।
उनिहरुले आयोगको बिभेदकारी निती बिरुद्ध आश्चित कालिन आन्दोलन घोषणा गरेका छन । उनिहरुले ९ गते देखि कोहलपुर नगरपालिका घेराउ गर्ने चेतावनी दिए । आफ्ना सम्पुर्ण काम थाती राखेर आन्दोलनमा होमिने अव्यवस्थीत भुमिहीन तथा सुकुम्वासी समितीका अध्यक्ष जिवन थापा मगरले जानकारी दिए ।
उनले आयोगको कार्यबिधीमा भुमिहीन र दलितलाई प्राथमिकतामा राखेको भएपनि लक्षीत बर्गको लगत संकलन नगरीनु दुखद भएको बताए । उनले शान्तिपुर्ण बिरोध कार्यक्रम गरेर आफ्नो अधिकार लिएर छाड्ने बताए ।


कार्यक्रममा तिलक सिजापतीको संयोजकत्ममा २१ सदस्यीय सघर्ष समिती गठन गरिएको छ । समितीले आईतवार देखी अनिश्चित कालिन आन्दोलन घोषणा गरिएको बताए । उनले बस्तीका सम्पुर्ण मानिस अनिवार्य आन्दोलनमा सहभागि हुने बताए ।
सर्बोच्च अदालतले वसेकै ठाउँमा व्यक्तिगत घटना दर्ता गरिदीने निर्णय गरेको भए पनि जन्म दर्ता समेत नगरिदिँदा आफ्ना बाल बालिकाहरु बिद्यालय जान बाट बंचित भएको बताए ।

 

Nabintech