२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जनयुद्धका उपलब्धि गुम्ने खतरा भयो : प्रचण्ड


काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धबाट प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका छन् ।

जनयुद्धका उपलब्धि गुम्ने खतरा भएकाले थप बलिदानीका लागि तयार रहन आव्हान गर्दै प्रचण्डले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनयुद्धका उपलब्धि गुम्ने खतरा रहेको बताए ।

जनयुद्ध दिवसको अवसरमा प्रचण्ड–नेपाल पक्षले पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जरुरी परे फेरि बलिदानी दिन तयार हुनुपर्ने बताए ।

‘हाम्रै आँखा अगाडि जनयुद्धका योद्धा र लाखौं जनताको पहलबाट प्राप्त उपलब्धि कुल्चिने दुस्प्रयास भएको छ । हामी सहन सक्छौं त रु प्रचण्डले भने, ‘आज हामीले नयाँ संकल्पन गर्ने अवसर पनि हो । तिनीहरूको बलिदानबाट प्राप्त उपलब्धि गुम्न दिने छैनौं । जरुरी परे हामी जो मर्नबाट बाँचेका छौं, जरुरी परे फेरि बलिदान हुन तयार बनौं ।’

प्राप्त उपलब्धि गुम्न नदिनका लागि सचेत बर्ग थप सशक्त रुपमा लाग्नुपर्ने भन्दै उनले संविधानमाथि घात भएको यो बेला फेरि मर्न परे पनि तयार हुने बताए ।

 

Nabintech