११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
हतियारसहित  बाँके राष्ट्रिय निकुञ्जबाट तीन जना पक्राउ


कोहलपुर / बाँके राष्ट्रिय निकुञ्जबाट हतियारसहित तिन जना पक्राउ परेका छन । निकुञ्जद्धारा संचालित ‘अपरेशन महाहण्ट(७’ मा खटिएको नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालिका(३, बस्ने वर्ष २० का वीरबहादुर पुन मगर, वर्ष ३८ का रमेश घर्ति र वर्ष २६ का खेमबहादुर थापा रहेका छन् । उनीहरुको साथबाट दुई नाल भरुवा बन्दुक समेत बरामद भएको नेपाली सेनाले जनाएको छ ।

हतियारसहित निकुञ्‍ज ईलाकाभित्र हर्कत गरेको र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा माघ २१ गते ६ नाल बन्दुकसहित पक्राउ परेका ९ जनालाई सोधपुछ गर्ने क्रममा शिकारी समूहका थप ३ जना पक्राउ परेका हुन् ।

पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्‍ज कार्यालयमा बुझाएको छ ।

Nabintech