१५ माघ २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सचेतना जगाउन सहयोग


कोहलपुर नगरपालिका वडा नं २ कृष्णनगर निवासी हाल अस्ट्रेलियामा कार्यरत युवा कलेन्द्र दसौंदी र उनको श्रीमती सुनिता बजगाँईले कोरोना भाइरस विरुद्ध सचेतना जगाउने उदेश्य सहित आर्थीक सहयोग गरेका छन् ।

आफुहरु आफनो गाउँ घरमा नरेको तर पनि गाउँमा पर्न सक्ने जोखिम कम गर्न अस्ट्रेलियाबाटै सहयोग गरेको बताए । आफ्नै गाउँटोल कोहलपुर नगरपालिका वडा न १ र २ का जनसमुदाय लाई पायक पर्ने गरि श्री कृष्ण मा।बि।कौशिलानगरको चोकमा हातधुनका लागि ट्यान्की , स्ट्यान्ड र साबुनपानीको ब्यबस्थापन गरेको नेकपाका प्रदेश कमिटि सदस्य तथा युवा नेता नरेन्द्र न्यौपाले बताए ।
साथै दिनभर सामग्री तयारी गर्न कृष्ण मा बि का प्र अ बिरेन्द्र मल्ल , घरेलु महासंघ कोहलपुरका महासचिव सि एम उपाध्याय खटिएका थिए । यस अघि कोहलपुरका व्यावसायी बिष्णु प्रसाद खनालले पनि कोहलपुरको न्युरोड चोकमा सोही प्रकारले सावुन पानिले हात धुने व्यवस्था गरेका थिए ।

Nabintech