२३ बैशाख २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
भेरी शित भण्डारको अध्यक्षमा भट्टराई          


कोहलपुर/ भेरी शित भण्डार सहकारी संस्था लि। को अध्यक्षमा बलराम भट्टराई निर्वाचित भएका छन । संस्थाको कोहलपुरमा सम्पन्न १३ औं साधारण सभाले भट्टराईको नेतृत्वमा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा यूवराज पौडेल तथा सदस्यहरुमा क्रमश गौरीकान्त आचार्य, कोपीला गिरी, सिताराम थारु, गणेश बहादुर कार्की, एन प्रसाद पौडेल, सफिक मोहम्बत गुजर, टेकबहादुर शाही, केश कुमारी शाही र तुलराज शाही चयन भएका छन । त्यस्तै लेखा समितीको संयोजकमा अमरबहादुर खड्का र सदस्यहरुमा बिष्णुकान्त आचार्य र रमिला थापा चयन भएका छन ।

माघ १८ गते सर्वसम्मत रुपमा कार्यसमिति चयन गरीएपनि त्यसको दुई दिन पछि आज ९२० गते० मात्र नव निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन । शित भण्डारमा आयोजित सपथ तथा पदभार ग्रहण कार्यक्रममा निर्वाचन परिचालन कमिटीका संयोजक होमप्रकाश सुवेदीले नव निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन ।

Nabintech