९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
चिनले नेपाललाई तीन लाख डोज कोरोनाको खोप अनुदानमा दिँदै 


चीनले नेपाललाई कोरोनाको खोप उपलब्ध गराउने भएको छ । नेपालस्थित चिनियाँ दूतावसले नेपाललाई अनुदानमा ३ लाख डोज खोप उपलब्ध गराउने जानकारी दिएको छ । दूतावासले उक्त खोप एक लाख ५० हजार नेपालीलाई फाइदा पुर्‍याउने बताएको छ ।

‘चीनमा घरेलु हिसाबले र विश्वभर दुबै खोपको लागि ठूलो मागको बाबजुद चिनियाँ सरकारले खोप प्रदान गर्न नेपाललाई प्राथमिकता दिईरहेको छ’, दूतावासले भनेको छ ।

नेपाल असल छिमेकी मित्र रहेको बताउँदै दूतावासले भूकम्प र महामारी जस्ता चुनौतीहरूको सामना गर्दै दुबै देशहरूले जहिले पनि एक अर्कालाई साथ र सहयोग गरेको स्मरण गरेको छ ।

अनुदानमा दिइएको खोप सिनोफर्मले विकास गरी सकेको दूतावासले जनाएको छ । उक्त खोपले चीनमा स्वीकृति पाइसकेको छ ।

दुई खुराक इनोकुलेसन प्रक्रिया पछि खोपले कोरोनाविरुद्ध ७९।३४ प्रतिशत प्रभावकारी छ । साथै एन्टिबडी विकसित गर्ने सेरोक्रोनस दर ९९।५२ प्रतिशत पुगेको छ ।

हालसम्म खोपले पाकिस्तान, युएई, इजिप्ट, हंगेरी जस्ता देशहरूमा आपतकालिन प्रयोगको लागि अनुमति पाइसकेको छ ।

चिनियाँ दूतावासले आपतकालीन प्रयोग र खोपको प्राप्तीको लागि दर्ता गर्ने सम्बन्धमा नेपाली अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ ।

‘यो खोप नेपालमा चाँडो भन्दा चाँडो पुर्‍याउन चाहन्छौं ताकि नेपाललाई कोरोना भाइरस महामारीबिरूद्धको लडाई जित्न सहयोग पुर्‍याउनेछ ।चिनियाँ पक्ष सबैका लागि स्वास्थ्य समुदाय निर्माण गर्न दुवै पक्षको विकास र समृद्धिको लागि चिरस्थायी मित्रता रहेको सहकार्यको रणनीतिक साझेदारीलाई थप सुदृढ र बढावा दिन नेपाली पक्षसँग मिलेर काम गर्न इच्छुक छ’, दूतावासले भनेको छ ।

 

Nabintech