२३ बैशाख २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरका युवाहरु संगठित


कोहलपुर/बाँकेको कोहलपुर नगरपालिका-१० विद्युतरोडका युवाहरु संगठित भएका छन । शनिबार युवाहरुको एक भेलाले एकताको सन्देश दिन क्लब गठन गरेर अगाडी बढ्ने निर्णय गरेको छ ।

कोहलपुर नगरपालिका १० विद्युतरोड निवासी युवाहरुको वृहत भेलाले पत्रकार निर्मल आचार्यको अध्यक्षतामा बी एण्ड बी (विद्युतरोड ब्रदर्स) युथ क्लब गठन गरेको छ । जसको उपाध्यक्षमा मधुकरजँग शाह, सचिवमा सँगिन शर्मा, कोषाध्यक्षमा दिप शाह, सह(सचिवमा नवल किशोर यादव तथा सदस्यहरूमा सोभन हमाल, बाबुराम पराजुली, अर्जुन ढकाल र मिलन शाही सर्वसम्मत रुपमा चयन भएका छन् ।

क्लबका अध्यक्ष निर्मल आचार्यका अनुसार क्लबलाई बैधानिकता दिन दर्ता प्रक्रिया समेत अगाडी बढाइएको छ । क्लबले विशेष गरी सामाजिक क्षेत्रमा काम गर्दै वडाका हरेक गतिविधीमा आवश्यक सहयोग एवं निगरानी राख्ने बताइएको छ ।

Nabintech