३० आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
ओली परिवर्तन बिरोधि हुन : माधव नेपाल


 

बुटवल / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको खुट्टा तान्ने काम मात्रै गरेको आरोप लगाएका छन् ।

बिहीबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुले ओलीलाई हात समातेर अगाडि बढाउन चाहेको बताए ।

‘उहाँले अरुको अनुचित टीकाटिप्पणी र खुट्टा तान्नेमात्रै काम गर्नु हुन्छ, त्यसैले उहाँ खुट्टामात्रै सम्झनुहुन्छ’, उनले भने, ‘हामी उहाँको हात समातेर अगाडि बढाउन चाहन्छौँ, उहाँ थचक्क बस्नुहुन्छ, अगाडि बढ्नै चाहानुहुन्न ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले ओली समयको पछाडि लतारिने मान्छे भएको टिप्पणी गरेका छन् ।

उनले केपी ओलीले अहिलेसम्म कुनै पनि न्यायपूर्ण आन्दोलनको अगुवाइ नगरेको भन्दै पछाडि बसेर कुरा काट्ने उनको बानी रहेको बताए ।

‘ओली समयको पछाडि लतारिने मान्छे हो, अगुवाइ गर्न सक्ने खुवी र क्षमता उहाँमा छैन । उहाँले अहिलेसम्म कुनै पनि न्यायपूर्ण आन्दोलनको अगुवाइ गर्नुभएको छैन’, अध्यक्ष नेपालले भने, ‘यो सबै कुरा हामीले अनुभवबाट प्राप्त गरेका छौँ, अनुभव भन्दा ठूलो कुरा अरु केही हुन सक्दैन । जहिले पनि पछाडि बसेर कुरा काट्ने उहाँको बानी छ, पछाडि बसेर अरुको बद्ख्वाई गर्न स्वभाव छ ।’

उनले केपी ओलीलाई तपाई भन्न मन नलाग्ने बताएका छन् । अध्यक्ष नेपालले नवौं महाधिवेशनमा आफू १५र२० भोटले हारे पनि जालझेल गरेर ओलीले जितेको बताए ।

‘हुन त केपी ओलीलाई के तपाईं भन्नुजस्तो लाग्छ । राम्रो काम गरे पो सम्मान गर्नु रु केपी ओली सम्मानका लागि योग्य छैनन्,’ नेपालले भने, ‘नवौं महाधिवेशनमा खासमा उनले जितेकै होइनन्, जाली तरिका अपनाएका हुन् । तैपनि मैले मान्देको हो ।’

 

Nabintech