३० आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
दुई मुखे सर्प सहित एक पक्राउ


कोहलपुर/इलाका  प्रहरी कार्यालय कोहलपुरले दुई मुखे सर्प नियन्त्रणमा लिएको छ । बिशेष सुचनाका अधारमा नेपालगन्ज उपमहानगरपालिका वडा नं। २० राझा स्थित दुईमुखे सर्प नियन्त्रणमा राखि किनबेच हुन लागेको खबरका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले सर्प र एक ब्यक्तिलाई नियन्त्रणमा लिईएको हो ।

दुईमुखे सर्प करिब १५ करोडमा कारोबार हुन लागेको भन्ने खबर पाए पश्चात प्रहरी टोली पुगेको र प्रहरीले सर्प र एक जनालाइ मात्र नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले बताए । उनले भने थप अनुसन्धानका लागि उक्त ब्यक्ति र सर्पलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको बताए ।

यस्तै आज मंगलबार संरक्षित माछाका ८ हजार भुरा नियन्त्रणमा लिईएको समेत बताए । माछासंगै तिन जना ब्यक्तिलाई नियन्त्रणमा लगरिएको प्रमुख खनालले बताए ।

Nabintech