रोल्पा/पूर्वउर्जामन्त्री तथा नेकपा प्रचण्डमाधव समूहका नेता वर्षमान पुनले आफूहरु ओली प्रवृत्तिमा नचल्ने बताएका छन् । देश र पार्टीलाई विधि र प्रक्रियामा चलाउनका लागि आफूहरु आन्दोलनमा रहेको पुनले बताए ।
रोल्पाको होलेरीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता पुनले अहिलेको आन्दोलन प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा पनि ओली प्रवृत्तिविरुद्ध भएकाले भ्रममा नपर्न जनतालाई आग्रह गरेका छन् ।
नेता पुनले प्रधानमन्त्री ओलीलाई नारा जुलुसमा भन्दा सरकारको कामकाजमा ध्यान दिन सुझाव पनि दिएका छन् । उनले ओलीलाई सत्तामा बसेका मान्छेहरुले विरोधभन्दा काम गर्नुपर्ने भन्दै प्रतिवादमा नलाग्न सुझाव दिएका छन् ।