२४ बैशाख २०७८, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लकडाउनले सुनसान देशकोे सडक

 कोहलपुरमा घरबाहिर निस्किनेलाई रोक्दै सुरक्षाकर्मी



सरकारले एक हप्ते लकडाउनलाई कडाइका साथ लागू गर्न सुरक्षाकर्मी परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले बाँकेका सबैजसो ठाउँहरुमामा बिहानैदेखि प्रहरीको तैनाथी बाक्लो गराएको जनाएको छ।

सडकमा मानिसहरुको आवत जाउत कम भन्दा कम गराउने उद्देश्यले ठाउँ ठाउँमा प्रहरीको तैनाथीलाई बाक्लो बनाएको हो। बिहान ६ बजेदेखि नै लकडाउन सुरु भइसकेको अवस्थामा सडकमा निस्किएका सर्वसाधरणलाई सुरक्षाकर्मीले रोक्दै घर फर्काइरहेका छन्। लकडाउन सुरु भएपछि बाँकेको कोहलपुर लगाएत देशैभरीका सडक करिब सुनसान जस्तै छन्। सुरक्षाकर्मीहरुले सडकमा निस्किएका मानिसहरुलाई कडाइका साथ सोधखोज र चेकजाँच गरिरहेकाले बाहिर निस्कँदा ख्याल गर्नुपर्ने भएको छ।

सरकारले लकडाउन सफल बनाउन दुईवटा कानुनलाई सक्रिय बनाएको छ। सोमबार भएको निर्णयानुसार संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा ९२० बमोजिम जारी आदेशको कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने निर्णय गरेको छ। त्यसका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने,  संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुन्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने व्यवस्था गरिएको छ ।

Nabintech