नेपालमा कोरोनाभाइरस संक्रमण भएसँगै सरकारले आजदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमणको जोखिम बढेपछि एक साताका लागि ‘लकडाउन’ गरेको हो । आज बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरिएको हो ।
आजदेखि कुनैपनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुनेछ। आन्तरिक उडान रोकिनेछ। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्।
फ्रान्सबाट आएकी एक युवतीमा कोरोना पोजेटिभ भेटिए पछि सरकारले मुलुक लकडाउन भएको बताएको हो । यसअघि सरकारले अन्तराष्ट्रिय उडान बन्द गरिसकेको छ भने लामो दुरीका सवारी चलाउन रोक लगाएको थियो। खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन