३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
धार्मिक पर्यटनको क्षेत्रमा थप टेवा पुर्याउछु : नेता अथक


कोहलपुर/नेकपाका केन्द्रीय सदस्य एंव बाँके क्षेत्र नं १ का सांसद महेश्वर गहतराज अथकले जिल्लामा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन । जिल्लाको बिकट राप्ती सोनारी गांउपालिका ३ मा रहेको भुवरभवानी मन्दीरमा माघिको अवसरमा आयोजित माधी मेलाको उद्धघाटन गर्दै अथकले सो कुरा बताएका हुन । नेपालगंजको बागेश्वरी मन्दीर , कम्दीमा रहेको कमरशाह वावाको मेला लगायतलाई धार्मीक पर्यटनको रुपमा बिकास गर्न आफु लागि परेको बताए ।
हरेक माधीमा आफु भुवर भवानी मन्दीरमा आउने गरेको उनले बताए ।पटक पटक गरि आफुनो पहलमा भुवार भवानी मन्दिरमा धर्मशाला लगायतका संरचना निर्माणका लागि ५० लाखबजेट बिनियोजन गरेर निर्माण कार्य भई रहेको बताउदै उनले केही समय भित्र मन्दीर परिसरमा बिद्युत पुर्याउने बताए । बिकट राप्ती सोनारी क्षेत्रमा बिद्युती करण र सडकहरु निर्माण आफ्नो प्रथामिकता रहेको उनले बताए । उनले नरैनापुर र राप्ती सोनारीको वैद्युतीकरणको काम केही समय भित्र सम्पन्न हुने दाबी समेत गरे ।
सो क्षेत्रमा हुलाकी सडक आयोजना लगायतका मुख्य सडक संग जोडने आधा दर्जन सडक आयोजनाहरु सञ्चालन भई रहेको र यसले यस क्षेत्रको मुहार फेरीने दाबि समेत गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिधटन गर्ने असम्बैधानीक कदमका कारण देश अस्थिरता तर्फ धकेलीएको बताउदै उनले उक्त कदमको बिरोधमा उत्रन जनता लाई आपिल गरे । कोरोना महामारीका समयमा आधारभुत उपचार बाट जनता बंचित रहेको अवस्थामा झण्डै दुईतिहाई मत प्राप्त संसद अवधी नपुगी बिघटन गर्ने कार्य जनताको घोर अपमान भएको उनले बताए ।
कार्यक्रममा राप्ती सोनारी गाँउ पालिका उपाध्यक्ष धनि कुमारी खत्रि , वडा नं ७ का अध्यक्ष राम लखन थारु लगायतले बालेका थिए ।सोही अवसरमा बोल्दै भुवर भवानि मन्दीर व्यवस्थापन समितीका अध्यक्ष तुलसी राम थारुले मन्दीरमा बिभिन्न संरचना निर्मणाका लागी सहयोग गरेको भन्दै साँसद अथकको प्रसंशा गरेका थिए । कार्यक्रममा नेकपाका युवा नेता अंकित क्षेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

सोही अवसरमा अथकले राप्ती सोनारी मिडीया प्रालि द्धारा आफ्नो तेस्र बार्षिक उत्सवका अवसरमा आयोजित भलिवल प्रतियोगिताको पनि उद्धघाटन गरेका थिए । प्रालिका अध्यक्ष हेमन्त चौधरीका अनुसार भलिवल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । भुवर भवानी मेला परिसरमा सञ्चालीत प्रतियोगिता ३ गते सम्म सञ्चालन हुने छ ।

Nabintech