नेपालगन्ज / प्रहरीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १६ हाल नेपालगञ्ज १२ सुर्खेत रोड बस्ने २८ वर्षीय चेतन मानन्धरको हत्यारालाई पक्राउ गरेको छ । नेपालगञ्ज क्षेत्रमा लुकिछिपी बसेको सूचनाको आधारमा प्रहरीको विशेष टोलीले २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले हत्यामा संलग्न बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने हरि ओली र सोही स्थानका विवाद पाठकलाई पक्राउ गरेको हो । मानन्धरको हत्यामा अदालतबाट जन्मकैदको फैसला भएपछि उनीहरु फरार रहेका थिए ।
व्यक्तिगत रिसिबीका कारण मानन्धरलाई २०७३ साल असार २८ गते धारिलो हतियार ९खुडा० प्रहार गरी हरि ओली र विवाद पाठकले हत्या गरेका थिए । उच्च अदालत तुल्सीपुरले उनीहरुलाई दोषी करार गर्दै २०७६ माग २८ गते जन्मकैद फैलासा गरेको थियो ।
उक्त हत्यामा संलग्न भएको अभियोगमा ९ जना कारागारमा रहेका छन् । भने तीन जना अझै फरार रहेका छन् । फरारमध्ये एक जना विदेशमा भएकाले इन्टरपोलमार्फत ल्याउन लागिएको प्रहरीले जनाएको छ । २ जनाको भने खोजी कार्य जारी रहेको छ ।
त्यस्तै, बाँके प्रहरीले आफ्नो भाइको हत्या गरेका अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ । घरायसी विवाद हुँदा लाठी प्रहार गरेर भाइको हत्या गरेका नैनापुर गाउँपालिकाका ३० वर्षीय ईसराइल खाँलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।