५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
भोलिदेखि घरबाहिर निस्किन नदिईने


बाँकेमा भोलिदेखि प्रहरी प्रशासनले अत्यावश्यकवाहेक कसैलाई घरबाहिर निस्किन नदिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सवारी साधन र अनावश्यक हिँडडुल बन्द गर्न सुरक्षाकर्मी परिचालन हुने बताउनुभयो ।

उहाँले विश्वभर आतंक मच्चाएको कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै सेल्फ क्वारेन्टाइन गरिएको नीति अपनाईएपनि मानिसहरु अनावश्यक रुपमा घरबाहिर हिँडडुल गरेकोले भोलीदेखि घरबाहिर निस्किनेलाई सुरक्षाकर्मीले बल प्रयोग गर्ने बताउनुभयो ।

यसैबीच नेपालगञ्जस्थित जमुनाह नाकाबाट उद्धार गरी महेन्द्र बहुमुखी क्याम्पसको अस्थायी क्वारेन्टाइनमा राखिएका सयौँ नेपाली भागेपछि कोरोनाको जोखिम बढेको छ ।

भारतबाट घर फर्किनै क्रममा नाका बन्दका कारण जमुनाहमा अलपत्र परेका नेपालीलाई सुरक्षाको लागि स्वास्थ्य जाँच गरी अस्थायी क्वारेन्टाइनमा राखिएकोमा दिउँसो करिव एक बजे सम्म धेरै जसो क्वारेन्टाइनबाट भागेपछि जोखिम बढेको हो । अहिले क्याम्पसमा करिव २०० जतिको सङ्ख्यामा मात्र भारतबाट फर्किएका नेपाली रहेका छन् ।

सबै जसो युवाहरु फरार भएका छन् । क्वारेन्टाइनमा महिला, बच्चा बच्ची लगायत वृद्धबृद्धा रहेका छन् । भारतबाट आएका ती नेपालीहरु क्याम्पसको पश्चिम् तिरको पर्खाल लागेर भागेको बताइएको छ ।

प्रदेश ५ का विभिन्न जिल्लाका स्थायी वासिन्दा रहेका उनीहरु भारतको विभिन्न शहरबाट काम गरेर फर्किएका हुन् । भारतमा कोरोना भाईरसको सङ्क्रमण बढ्दै गएपछि आईतवारदेखि नेपाल–भारत सीमा जमुनाह नाका बन्द गरिएको छ ।

Nabintech