२४ बैशाख २०७८, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
भारतीय  सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरमा एक घाइते


कञ्चनपुर/भारतीय  सुरक्षाकर्मीको गोली लागेर दोधारा–चाँदनी नगरपालिका–१ का अन्दाजी १६ वर्षका नरेन्द्र लुहार घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ। भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहार माथि गोली लागेको भन्ने कुरा बुझिएको थापाले बताए।

भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने आफूहरुको अनुमान रहेको र विस्तृत विवरण आएपछि मात्र यसबारे थाहा हुने उनले जनाए।

घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याउने कार्य भइरहेको छ। साँझ ६ बजेर ३० मिनेटमा लुहारलाई गोली लागेको बताइएको छ। गोली किन चलाइएको भन्ने बारे पनि खुल्न सकेको छैन।

Nabintech