१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेका तीन वरिष्ठ पत्रकार सम्मानित


कोहलपुर/नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका तीन जना वरिष्ठ पत्रकारलाई सम्मानित गरेको छ ।

महासंघ बाँके शाखाले शनिबार कोहलपुरमा आयोजना गरेको १२ औं जिल्ला अधिवेशनको अवसरमा तीन जना वरिष्ठ पत्रकारलाई सम्मानित गरेको हो ।

साधारण सदस्यका रूपमा रहेर निरन्तर पत्रकारितामा योगदान पुर्‍याउनु भएको भन्दै महासंघ बाँके शाखाले बाँके शाखा संस्थापक अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी लियाकल अलि, वरिष्ठ पत्रकार पुर्णलाल चुके र गणेश जि सीलाई दोसल्ला, प्रमाण पत्र र नगद तीन हजारले सम्मान प्रदान गरेको छ ।

महासंघ बाँके शाखा नेपालकै प्रथम शाखाको रूपमा रहेको छ । बहुदलिय व्यवस्था स्थापनार्थ बाके शाखा खोलिएको संस्थापक बताउँछन् ।

Nabintech