१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राष्ट्रिय सभा अधिवेशन आजबाट


काठमाडौं /सरकारले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभाको पहिलो बैठक बस्दैछ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभाको बैठक आजबाट बस्न लागेको हो । संघीय ससद भवनमा अपरान्ह चार बजे बोलाइएको बैठकमा प्रतिनिधिसभा विघठनको विषय उठाउन पाउने कि नपाउनेमा विवाद देखिएको छ । तर, बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइनेछ । त्यसपछि अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुकोतर्फबाट दलका नेताहरुको अधिवेशन उद्घाट मन्तव्य राख्ने कार्यसूची छ । राष्ट्रियसभामा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको प्रतिनिधित्व छ ।

बैठकमा छैटौं अधिवेशनपछि हालसम्म निधन भएका संघीय संसद्का सदस्य तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ । सरकारले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै नेकपा ९पुष्पकमल दाहाल– माधवकुमार नेपाल० समूह, कांग्रेस र जसपाले उक्त कदमको विरोध गरेका छन् । नेकपा ९दाहाल–नेपाल० समूहले राष्ट्रियसभाको अधिवेशनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने नीति लिएको छ ।

सर्वोच्च अदालतमा विचाराधिन मुद्दा संसदमा उठाउन पाइने छैन भनेर स्पष्ट लेखिएपनि सो समुहले यो विषय उठाउने तयारी गरेको छ । यद्यपी सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यो विषय उठाउन नपाइने बताएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहाल–नेपालसमूहले आफूहरुसँग सबैभन्दा बढी अर्थात् करिब दुई दर्जन सांसद रहको दाबी गरेको छ । तर, उसले स्पष्ट संख्या खुलाउन सकेको छैन ।

प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रियसभामार्फत सरकारको कदमको जोडदार रुपमा विरोध र प्रतिरोध गर्ने यो समूहका एक सांसदले बताए । विपक्षी कांग्रेस र जसपाले पनि संसद् विघटनलगायतका मुद्दामा राष्ट्रिय सभामा बलियो उपस्थिति जनाउने तयारी गरेको छ । बैठक बस्ने भएपछि बिहीबार राष्ट्रियसभा सदस्यहरुको कोभिड–१९ परीक्षणको लागि स्वाब संकलन पनि गरिएको थियो ।

Nabintech