२४ बैशाख २०७८, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लुम्बिनी प्रदेशमा श्रम बजारको सूचना प्रणाली विकास परियोजनाको शुरुवात


भैरहवा । लुम्बिनी प्रदेशमा श्रम बजारको सूचना प्रणाली विकास परियोजनाको शुरुवात भएको छ । विभिन्न उद्योगहरुको माग अनुरुप श्रमबजारको सूचना सम्बन्धी सरल र प्रभावकारी पद्धतिको निर्माण गर्ने उद्देश्यले नेपालका प्रमुख ५ ओटा रोजगारदाता संस्थाहरुको संयुक्त पहलमा सचिवालय गठन गरी श्रम सुचनामा रोजगारदाताको माग अनुरुप कार्य गर्न ९ईएलएमएस० परियोजना शुरु गरिएको हो ।

नेपाल उद्योग परिसंघको आयोजनामा लुम्बिनी प्रदेशमा आयोजित एक कार्यक्रमा प्रदेश प्रमुख धर्मनाथ यादवले सो परियोजनाको शुरुवात गरेका हुन् ।

कार्यक्रममा प्रदेश प्रमुखले परियोजनाले कृषि, निर्माण र पर्यटन लगायत विविध क्षेत्रको समग्र शीप पहिचान गरी आवश्यक शीपहरुको एकरुपता कायम गर्दै सरकारलाई सो अनुरुप नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोरले प्राविधिक एवम् व्यवसायिक तालिम प्रदान गर्ने संस्थाले दिने गरेको तालिम तथा शिप र उद्योगको आवश्यकता बीच बेमेल रहेको जनाए । यस्तो अवस्थाले एकातिर तालिमको नाममा सरकारको धेरै रकम खर्च भइरहेको छ भने अर्कोतिर नेपाली युवाहरुले वान्छित रोजगारी नपाउँदा न्यून ज्यालाको काम गर्न विदेशिनु परेको यथार्थता रहेको बताए ।

कार्यक्रममा बोल्दै उनले एकातिर यो स्थिति छ भने आर्कोतिर निजी क्षेत्रले आवश्यकता अनुसार शिपयुक्त जनशक्ति नपाउँदा उद्योग–व्यवसाय कम क्षमतामा सञ्चालन गर्नु परेको र सो जनशक्तिको न्यून पूर्ति गर्न विदेशी कामदारमा भर पर्नु परेको स्थिति उजागर गरे ।

मुलुकभित्र औद्योगिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्यांक एवम् जानकारीको अभावमा भोग्नु परेको समस्यालाई यस परियोजनाले सम्बोधन गर्नुका साथै मुलुकको औद्योगिक विकासमा सहयोग पु¥याउने, श्रम बजार सम्बन्धी सूचना प्रणलीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरुको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन प्रत्याभूति दिलाउने, श्रम बजार सम्बन्धी तथ्यांक प्रणालीको विकास गर्ने कार्यमा काम गर्ने उनले जानकारी गराए ।

सो कार्यक्रममा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा। राजेन्द्र केसी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुशील चन्द्र तिवारी, भुमि व्यवस्थापन र कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। रेवती रमण पौडेलले यस परियोजनाले कृषि, निर्माण र पर्यटन क्षेत्रका रोजगारदाताको माग अनुसारको प्राविधिक मानवस्रोत उत्पादन गर्न महत्वपूर्ण र सान्दर्भिक हुने बताए ।

कार्यक्रमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा। डा। ईश्वर गौतमले विशिष्ठ अतिथिको रुपमा बोल्दै निजी क्षेत्रले तथ्यांकीय विवरण संकलन गर्ने कार्यमा सक्रियता देखिएको कार्यलाई सारहना गरे ।

उनले प्रदेशले सञ्चालनमा ल्याउन लागेको रोजगारी पोर्टलसँग सहकार्य गर्दा परियोजनाको उद्देश्य हाँसिल हुने विश्वास व्यक्त गरे । साथै यस परियोजनाद्वारा रोजगारदाताको माग अनुसार ‘सिप वर्गीकरण’ नेपालको सन्दर्भमा निकै आवश्यक विषयको उठान भएको समेत बताए

Nabintech