३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
संसद विघटनविरुद्धका सबै रिटमाथि संवैधानिक इजलाशमा सुनुवाई आज


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको आज शुक्रबार संवैधानिक इजलाशमा सुनुवाई हुँदैछ । संवैधानिक इजलासमा दर्ता भएको एक र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशमा सुनुवाई भएका १२ रिटमाथि आज सुनुवाई हुन लागेको हो ।प्रधानन्यायाधीश राणाको एकल इजलाशमा बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाईपछि सबै रिटको संवैधानिक इजलाशमा सुनुवाई गर्ने आदेश भएको थियो । सोही अनुसार शुक्रबार संवैधानिक इजलाशमा सबै रिटको सुनुवाई हुने भएको हो ।

यी सबै निवेदनलाई एकै पटक पेशीमा राखेर सुनुवाइ हुने छ। संविधानको धारा ७६ को व्याख्याको विषय भएको भन्दै विघटनविरुद्धका निवेदन संवैधानिक इजलासमा पठाइएको थियो।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित ९ न्यायाधीश छन्। जसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल रहेका छन्। संवैधानिक इजलासमा सिफारिस भएका न्यायाधीशहरू क्रमशः वरिष्ठताको क्रममा रहेका छन्। यीमध्ये प्रधानन्यायाधीश राणासहितका ५ न्यायाधीशको इजलासले प्रतिनिधिसभा विघटविरुद्धको निवेदनको सुनुवाइ गर्ने छ।

Nabintech