काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ अनुसार संसद विघटनको घोषणा गरेकी हुन् ।
भण्डारीले मन्त्रिपरिषद्को सिफारिस बमोजिम २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा ताजा जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति पनि तोकेकी छन् ।
यसअघि आज बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।