११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर खानेपानीे पदाधिकारीका आफन्तको भर्ति केन्द्र


कोहलपुर (बाँके)/ कोहलपुर  साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था पदाधिकारीका आफन्तको भर्ति केन्द्र बनेको छ ।
कार्यकाल सकिन ५ महिना बाँकी रहेका पदाधिकारीले आफन्तलाई भर्ती गर्नका लागि ठुलो संख्यामा कर्मचारी माग सहितको बिज्ञापन गरेका थिए । सार्वजनिक रुपमा बिज्ञापन गरेको भएपनि संस्थाका पदाधिकारीले पद भागवण्डा गरेको पाईएको छ । सस्थाले ७ जना कर्मचारी माग गरेकोमा पदाधिकारीले कुन पदमा कसका मानिस राख्ने भनेर अग्रिम सहमती गरेको छनोट प्रक्रियमा सहभागी एक कर्मचारीले नाम नबताृउने सर्तमा जानकारी दिए ।
श्रोतका अनुसार अध्यक्ष नर बहादुर मल्लले कार्यलय सहयोगी पदमा आफ्ना व्यक्ति सिफारीस गर्ने,सचिव प्रेम कटुवालले पम्प अपरेटर र सहायक पम्प अपरेटर,कोषाध्यक्ष एंव पदपुर्ती समितीका सदस्य सचिव एकनारायण चापागाई कम्युटर अपरेटर र लेखापालले सिफारीस गरेका व्यक्ति राख्ने अग्रीम सहमती भएको थियो । सोही सहमती अनुसार कार्यालय सहयोगीमा अध्यक्ष मल्लले निर्मला रेग्मी लाई सफल उम्मेदार बनाईएको छ । सो पदमा ४१ जनाले आबेदन दिएका थिए । उक्त पदमा स्नातक तह पास गरेकोले समेत उम्मेदवारी दिएको भएपनि साधारण लेखपढ गरेकी रेग्मी लाई सफल बनाईएको हो । उनी र अध्यक्ष मल्लको सम्वन्ध बारे कोहलपुरमा बिभिन्न चर्चा चुलिएको छ । पम्प अपरेटर पदमा सचिव प्रेम कटवालको भाई अनिल कटवाललाई सफल बनाईएको छ । सो पदमा सुवास वाग्लेले आबेदन फारम भरेको भएपनि परिक्षाका लागि अयोग्य ठहर गरिएको थियो । उनको एसएलसी को प्रमाण पत्र नक्कली भन्दै परिक्षामा सहभागी हुन पाएनन् । वाग्लेले परिक्षामा सहभागी आबेदन फारम बापत ७ सय रुपैयाँ समेत तिरेको नयाँ कोर्सलाई बताए । प्रमाण पत्र हातले छामेर पातलो भएको भन्दै नक्कली प्रमाणपत्र ठहर गरी आफुलाई परिक्षा दिन बाटै बन्चीत गरिएको वाग्लेको भनाई छ । वाग्लेलाई परिक्षा बाट बंचित गराएर कटवालले आफ्ना भाईलाई एकल उम्मेवारका रुपमा परिक्षामा सहभागी गराईएका थिए ।

                                                        सुबास वाग्लेको नक्कली भनिएको प्रमाण पत्र

सहायक पम्प अपरेटमा समेत कटवालकै सिफारीसमा याम बहादुर बानिया एक मात्र प्रतिस्प्रधी बनाइएको थिए । सो पदमा अन्यको आवेदन नै परेको थिएन । कम्युटर अपरेटर पदमा कोषाध्यक्ष एक नारायण चापागाईका आफन्त कोहलपुर १२ निवासी रबि केसीलाई उतिर्ण गराईएको छ । त्यसैगरी उनकै सिफारीसमा लेखापाल पदमा लक्ष्मी आचार्यलाई उतिर्ण गराईएको छ ।
कोहलपुरको खानेपानीलाई आफन्तको भर्ती केन्द्र बनाउका लागी सो संस्थाको पदाधिकारी बन्नका लागि ठुलो रस्साकस्सी हुने गरेको थियो । सो खानेपानिमा हाल नेकपा र नेपाली काँग्रेस निकटका पदाधिकारी रहेका छन । कोहलपुर खानेपानी २०५८ मा स्थापना भएको संस्थामा १ पटक मात्रै निर्वाचन भएको छ । अन्य समयमा दलिय भागवण्डामा पदाधिकारी नियुक्त हुने गरेको छ । पछिल्लो २ कार्यकाल नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेका नर बहादुर मल्ल अध्यक्ष छन । तत्कालीन अवस्थामा अध्यक्ष नेपाली काँग्रेस बाट प्रतिनिधित्व गर्ने सहमती अनसुार उनी अध्यक्ष भएका थिए । तत्कालीन अवस्थामा नेकपा एमाले बाट उापध्यक्ष बनेका यम बहादुर रावतले एमाले छाडेपछि उपाध्यक्ष पद पनि छाडनु परेको थियो । हालै मात्रै यम बहादुर रावललाई हटाएर नेकपाका शोभाकर अधिकारीलाई उपाध्यक्ष बनाईएको छ ।

 

Nabintech