१४ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मेचि महाकाली संयुक्त बुहारी आवाज बाँकेद्धारा चदारालाई उपचार सहयोग


कोहलपुर (बाँके)/ मेचि महाकाली संयुक्त बुहारी आवाज बाँकेले कोहलपुर १२ का सौगात चदाराका लागि संकलन गरेको उपचार सहयोग रकम हस्तान्तरण गरेको छ ।
४ बर्षिय चदारा परिवारलाई बुहारी आवाजको बाँके जिल्ला समितीको पदाधिकारीको तर्फ बाट २५ हजार सहयोग गरेको हो ।
मेचि महाकाली संयुक्त बुहारी आवाज बाँकेले उपचार सहयोग संकलनलाई निरन्तरता दिने अध्यक्ष उर्मिला अधिकारी पाण्डेले जानकारी दिईन ।
अनुहारमा मासु पलाएका उनको कोहलपुर मेडीकलमा उपचार हुन नसके पछि थप उपाचारका लागि काठमाण्डौ लैजाने तयारी भई रहेको छ ।
चदारालाई शनिवार नै कोहलपुरका मिनु मल्ल १० हजार सहयोग गरेका छन ।केन्द्रीय अध्यक्ष यमु शर्मा शुब्वाले ५ हजार र जिल्ला समितीले २० हजार सहयोग गरेको हो ।

Nabintech