४ माघ २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा कोहलपुरको बैठक सम्पन्न


कोहलपुर (बाँके)/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कोहलपुरले पार्टीलाई एकताबद्ध बनाईन राख्नका लागी नेता कार्यकर्ताहरुलाई अपिल गरेको छ । नगर अध्यक्ष बसन्ती अधिकारीको अध्यक्षतामा भएको बैठकमा बोल्ने अधिकांस नेता कार्यकर्ताले नेकपाको अनिवार्य एकतामा जोड दिएका हुन ।
बैधानिक तवरले कम्युनिष्टको सरकार निर्माण भएकाले अधिकतम जनताका पक्षमा काम गर्दै अगाडी बढन जोड दिएका छन ।
बैठकमा बोल्दै नेकपा केन्द्रीय सदस्य एंव बाँके ईन्चार्ज दिनेश चन्द्र यादवले एकताबद्ध नेकपाले मात्रै जनताका समस्या समाधान गर्ने बताए । भुमि अयोगकका केन्द्रीय सदस्य समेत रहेका यादवले असार मसान्त भित्र भुमिहीन तथा सुकुम्वासीले जग्गा धनि प्रमाण पुर्जा पाउने बताए ।
नेकपा केन्द्रीय सदस्य एंव बाँके क्षेत्र नं १ का सांसद महेश्वर गहतराज (अथक)ले नेकपा भित्र बिचारको बहस भएको भन्दै नआत्तित कार्यकर्तालाई आग्रह गरे । उनले जारी स्थाई समिती र अव बस्ने केन्द्रीय समिती बैठकले सम्पुर्ण कुराको निकास दिने धारणा राखे । उनले बिचारको बहस गर्दा पार्टी बिधानलाई ख्याल गर्न समेत आग्रह गरे ।
कार्यक्रममा संबिधान सभा सदस्य देब राज भार , प्रदेश कमिटी सदस्य प्रकास सुबेदी (चन्द्रकान्त), नरेन्द्र न्यौपाने , पुजन बिश्वकर्मा जिल्ला नेताहरु सूर्य ढकाल,रत्न खत्रि, अब्दुल हुसेन खां , रेणुका खडका , अवराज खडका लगायतको सहभागिता रहेको थियो ।
नगर सचिव तुलाराज बिष्ट बिहानीले सञ्चालक गरेको कार्यक्रममा नगरकमिटी सदस्यहरुको सहभागिता रहेको थियो ।
नगर अध्यक्ष बसन्ती अधिकारीका अनुसार बैठकले वडा स्तरमा भेला बैठकहरु आयोजना गर्ने, टोल स्तरमा सेल कमीटी निर्माण र जनबर्गीय संगठनहरुको एकता भेला गर्ने निर्णय गरेको छ ।

Nabintech