२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सबैको रोजाई बन्दै रिलायबल इन्स्योरेन्स

छोटो समयमै बिमा क्षेत्रमा अग्रणी संस्था बन्न सफल



कोहलपुर (बाँके)/ रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि उत्प्रेरणा तथा तालिम कार्यक्रम शनिवार कोहलपुरमा सम्पन्न गरेको छ ।
कोहलपुर क्षेत्रका अभिकर्ताहरु सहभागि कार्यक्रममा इन्स्योरेन्सका क्षेत्रिय प्रवन्धक सुरेन्द्र थापाले प्रशिक्षण दिएका थिए । कोहलपुर क्षेत्रका ५ दर्जन बढि अभिकर्ताहरुलाई कम्पनिको पछिल्लो पोलिसी बारे जानकारी गराएका थिए । नेपालमा अझै ७० प्रतिसत भन्दा बढी मानिसहरु बिमा भन्दा बाहिर रहेको बताउँदै रिलायबल ग्रामीण तह देखि शहर सम्मका लागी हुने गरी पोलिसी तयार पारेको थापाले बताए । उनले हरेक मानिसका लागि बिमा अनिवार्य भएको भन्दै बिमाका फाईदाहरु सहित टोल टोलमा पुग्न अभिकर्ताहरुलाई आग्रह गरे । कम्पनीको अधिकृत पुजि २ अर्व २० कारेड, जारी पुजि २ अर्ब र चुक्ता पुजि १ अर्ब ४० करोड रहेकोे थापाले बताए ।


३ बर्षको अवधीमा २७ लाख मानिसहरुको बिमा गरेर देशकै अग्रिणी बिमा कम्पनीका रुपमा प्रमाणित गर्न सफल भएको प्रवन्धक थापाको भनाई छ । रिलायबल इन्स्योरेन्सको सञ्चालकमा समेत सबैतहका मानिसहरुको सहभागिता रहेको उनको भनाई छ ।
रिलायवलले शुक्रवार पनि नेपालगंज क्षेत्रका अभिकर्ताहरुका लागि उत्प्रेरणा तथा तालिम कर्यक्रम सञ्चालन गरेको थियो ।

 

Nabintech