११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा भूमि आयोगको काम अगाडी बढ्यो, लागत संकलन ईकाई स्थापना


कोहलपुर /भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागी कोहलपुर नगरपालिकाले काम अगाडी बढाएको छ । मंसिर २८ गते भूमिहीनको लागत संकलन तथा प्रमाणीकरणका लागी भूमी आयोगसँग कार्य सम्झौता गरेको कोहलपुर नगरपालिकाले शुक्रबार लागत संकलन ईकाई कार्यालय सञ्चालमा ल्याएको हो । सो ईकाईले कोहलपुर नगरपालिका भित्रका भूमिहीन तथा सुकुम्बासी, अव्यवस्थित बसोबासीको लागत संकलन कार्य गर्ने छ । कोहलपुर नगरविकास समितिको तल्लो तलामा ईकाई कार्यालय रहने  छ ।

कार्यालयमा कोहलपुर नगरपालिकाले शाखा अधिकृत बिर बहादुर बि.क.को नेतृत्वमा कर्मचारीलाई कामको जिम्मेवारी दिईएको छ । शुक्रबार नै भूमी सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देबी ज्ञवालीलले सो कार्यलयको उद्घाटन गरेका थिए । अध्यक्ष ज्ञवालीले देशभर आयोगको उत्साहजनक तवरले अगाडी बढि रहेको बताए । आफ्नो नेतृत्वमा गठित आयोग अन्तिम आयोग हुने भन्दै अध्यक्ष ज्ञवालीले सबै खाले भुमि समस्याका समाधान गर्ने दबि गरेका थिए । उनले संबिधानको मर्म अनुसार कोहीपनि घरबार बिहीन हुनु नपर्ने बताए । उनले असार मसान्त सम्म आयोगले पुर्जा वितरण गरि सक्ने जानकारी समेत दिए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले चुनावका समयमा गरेका प्रतिवद्धता क्रसम पुरा हुने बताउँदै कोहलुर क्षेत्रमा भूमिहीन तथा अव्यवस्थीत बसोबासीको समस्या अध्याधिक रहेको भन्दै ति सम्पूर्ण समस्या समाधान गर्ने धारणा राखे । कार्यक्रममा बोल्दै कोहलुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी थारुले कोहलपुर क्षेत्रका भूमिहीन तथा अव्यवस्थित बसोबासीले जग्गा धनि प्रमाण पूर्जा पाउने विश्वास व्यक्त गरिन् । उनले यस पटकको अयोग अघिल्लो आयोग बन्न नहुने बताएका छिन् । कार्यक्रमा विभिन्न राजनैतिक दलका नेता, वडा अध्यक्ष , विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुको सहभागिता हरेको थियो ।

 

Nabintech