११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मृतक धनाको परिवारलाई छिटो ऋण तिर्न ताकेता


कोहलपुर /२०७७ कार्तिक महिनामा कोहलपुर १० कि धना कार्कीको बसोवास महिला बचत तथा ऋण सहकारी बाट २ लाख रुपैया ऋण स्कृत भयो ।
ऋण लिने समयमा उनको  थप शेयर वाफत ९ हजार , अनुगमन शुल्क २ हजार , घर जग्गा शुल्क २ सय , बिमा वापत २ हजार ४ सय शुल्क कटौती गरियो ।
बिमा वापत २ हजार २ सय शुल्क तिरेकी धनाको ऋण लिएको केही समय पछि निधन भयो । निधन लगतै सहकारीले धनाको परिवारलाई छिटो ऋण तिर्न तकेता गरयो ।
बिमा वापतको रकम कटौती गरिसके पछि ऋणीको मृत्यु पछि बाँकी किस्ता तिर्न नपर्ने परिवारको बुझाई छ । तर बसोवास महिला बचत तथा ऋण सहकारी सो कुरा मान्न तयार छैन ।
खासमा सहकारीले बिमा वापतको रकम कटौती गरेको भएपनि सो रकम बिमा कम्पनी लाई नदिने गरेकाले परिवारको दाबि अनुसारको ऋण मिनाहा हुन नसकेको हो । यस विषयमा थप बुुुझ्न सहकारीका अध्यक्षसग टेेेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Nabintech