९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा खुला सिमाका कारण हुने तस्करी,लागु औषधको ओसार पसार र नदी जन्य पदार्थको दोहन मुख्य समस्या हुन : प्रजिअ कुरुम्वाङ


कोहलपुर (बाँके)/ बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बाँके जिल्लामा तस्करी शुन्यमा झार्न नसकिएको बताएका छन । नदीजन्य पदार्थ दोहन रोक्न र सिमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका प्रयास भई रहेको भएपनि कतिपय नीतिगत कमजोरी र स्थानीय तहको अधिकार क्षेत्रका कारण आफुहरुले सोचे अनुसार नतिजा नआएको बताएका
हुन । नयाँ कोर्ससँगको कुराकानीमा कुरुम्वाङले जदीजन्य पदार्थ उत्खनन्को ठेक्का लगाउने जिम्मेवारी स्थानीय तहलाई भएकाले प्रशासनको काम अनुगमन र निगरानी गर्ने मात्रै भएको बताए ।
एक प्रसंगमा उनले राप्तीसोनारी गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन् गर्दा जेसीबी प्रयोग गर्न दिने गरी बातावरणणीय प्रभाव मुल्याङकन गरेकोले सोलाई आफुहरुले रोक्न नसकेको धारणा राखे । उनले तोकीएको स्थान भन्दा बाहिर र रातको समयमा भने निकाल्न नपाईने बताए । उनले तोकीएको परिणाम भन्दा बढि उत्खनन् गरेको भेटिएमा जिल्ला समन्वय समितीको नेतृत्वमा रहेको अनुगमन समितले हस्तक्षेप गर्ने उनको भनाई छ । जिल्लामा सिमापार हुने तस्करी नियन्त्रण, खोला दोहन नियन्त्रण, लागु औषधको ओसार पसार मुख्य समस्या भएको उनको भनाई छ ।
गृह मन्त्रालयको परिपत्र अनुसार असार मसान्त सम्म ठाँउ सारी गर्ने गरि दर्ता भएका तर मापदण्ड नपुगेका क्रसर उद्योगहरुलाई सञ्चालन सर्न दिईएको बताए । बाँके जिल्लाको ड्रिम प्रोजेक्टका रुपमा रहेको नौवस्ता औद्योगिक क्षेत्र निर्माणको काम अगाडी बढाउन आफुहरुले काम गरि रहेको बताउँदै उनले औद्योगीक क्षेत्रको भित्र पर्ने ६० घरलाई अन्यत्र सार्ने तयारी भई रहेको बताए । उनले अन्यत्र स्थानान्तरण गर्नेहरुलाई तत्काल लालपुर्जा दिने व्यवस्था मिलाईने धारणा राखे ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङसंग नयाँ कोर्स अनलाईन टिभीले गरेको कुराकानी हेर्नुहोस

Nabintech