३० आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा हिंसा विरुद्ध १६ दिने अभियानमा बिभिन्न कर्यक्रम


कोहलपुर/कोहलपुर नगरपालिकामा १६ दिने लैङिक हिंसा बिरोधी अभियान अन्र्तगत बिभिन्न कार्यक्रम गरिएको छ । कोहलपुर नगरपालिकाकी उप प्रमुख सञ्जु कुमारी थारुले दिप प्रज्वलन गरेर सुरुवात गरिएको कार्यक्रम अन्र्तगत बिभिन्न कार्यक्रम गरिएको थियो ।


कार्यक्रम अन्र्तगत महिला र किसोर सिकोरीहरुसंग अन्र्तक्रिया, हिंसा बिरोधी भिते लेखन , बक्तीत्वकला कार्यक्रम गरिएको छ ।
उप प्रमुख थारुका अनुसार हिंसा बिरोधमा कार्यरत संघ संस्थाहरुको सहभागितामा रक्तदान गरिएको छ । उक्त रक्तदानमा ४१ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रम अन्र्तगत हिंसा बिरुद्धमा सबै वडामा व्यानर टाँस,रेडियो जिङगल प्रसारण र हिंसा बिरुद्ध माईकिङ गरिएको उनले जानकारी दिईन ।
उपप्रमुख थारुले लैङिग हिंसा बिरोधी अभियानमा कोहलपुर क्षेत्रमा कार्यरत संघ संस्थाहरुको सक्रिय सहभागिता रहेको जानकारी दिईन ।

Nabintech