२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लघुबित्तले अन्याय गरेको भन्दै न्यायकालागि याचना


कोहलपुर (बाँके)/ बाँकेको कोहलपुरमा रहेको उपकार लघुबित्तले आफुमाथी अन्याय गरेको त्यसै लगुवित्तकी शाखा प्रमुख मैना कुमारी क्षेत्रीले आरोप लगाएकी छन क्षेत्रीले संस्था प्रमुख तथा माथिल्लो तहका कर्मचारीहरुले आफुलाई अन्याय गरेको भन्दै न्यायकालागि याचना गरेकी छन ।

बिगत एघार वर्षदेखी उपकार लघुबित्तमा काम गर्दै आएको दाबी गर्दै क्षेत्रीले फिल्ड सहायक हुँदै हाल शाखा प्रमुखका रुपमा उक्त संस्थामा कार्यरत रहेको बताईन ।

लघुबित्तले आफुले गर्दै नगरेको गल्तिको जिम्मेवारी लिन बाध्य पार्दै आएको उनले जिकिर गरिन । संस्थामा आवद्ध केही सदस्यहरुले संस्थाबाट ऋण खाएर फरार भएपछि उक्त रकम आफुलाई तिर्न बाध्य पारिएको मौनाले बताईन । उनले भनिन, ‘मैले शाखा प्रमुख भएर काम गरिरहँदा आफ्नै शाखा मातहतका फिल्ड कर्मचारी भागिराम थारुले कोहलपुर वडा नम्बर १ कौशिलानगर स्थित केन्द्र नम्बर ७३ कि पदममाया थापा नाम गरेको सदस्यले १ लाख कर्जा खाएर केही किस्ता तिरेर कारोबार बिग्रदै गएपछी फरार भएर किस्ता तिर्न नसक्दा सस्थाको कर्जा र अन्य व्यक्तिगत कर्जा असुली गर्न थापाको घरमा ताला लगाई घर बेचेर उपकार लघुबित्तको कर्जा पनि असुली गर्न भनी गाउँकै व्यक्तिहरुले गराएको तमसुकमा रोहबरमा बसि हस्ताक्षर गरेकै आधारमा भागिराम थारुलाई २२ हजार र मलाई ४५ हजार जवरजस्ती तिर्न बाध्य पारियो ।’

पत्रकारहरुसँग बोल्दै मौनाले सदस्यले खाएको कर्जा कर्मचारिको पारिश्रमिकबाट काट्ने नितिनियम नभएको भन्दै आफू अन्यायमा परेको बताईन । उनले उपकार लघुबित्तका सिओ शारदा कुमारी खत्रीसँग बारम्बार आफ्नो समस्या राख्दा पनि कुनै सुनुवाई नभएको गुनासो गरीन ।

उनले राष्ट्र बैंकमा समेत आफू अन्यायमा परेको भन्दै निबेदन दिएकी छिन । सिओले आफ्नो पहुँच प्रयोग गरेर राष्ट्र बैंकको निर्णयलाई समेत प्रभावित पारेको उनले दाबी गरीन ।

पहिलो दिन फोन गरेर आफ्नो कुरा राख्दा राष्ट्र बैंकले कर्मचारीको तलब काटेर सदस्यको कर्जा असुली गर्ने नितिनियम नभएको, यस्तो गर्न हुदैन लघुबित्तमा जनता र कर्मचारीको पैसा दुबैको सुरक्षीत रहनु पर्छ, हजुरको कटेको पैसा फिर्ता पाउनुहुन्छ भनेर आश्वासन दिएतापनी भोलि पल्ट संस्थाको आन्तरिक कुरामा आफुहरुले दख्खल दिन नमिल्ने भन्दै कुरा मोडेको उनले गुनासो गरीन ।

११ बर्ष सम्म खुन पसिना बगाएर काम गरिरहदा आफ्नो शारिरिक अवस्था दिन प्रतिदी बिग्रदै जादा उपकार लघुबित्तका माथिल्लो निकायका कर्मचारीले झन झन मानसिक र शारीरिक पीडा दिएको बताउँदै उनले भनिन, ‘सिधै जागिर छोड भन्न नसकेर विभिन्न बाहानामा मानसिक यातना दिने गरेका छन ।’

आफुले लघुबित्तको एक रुपियाँ पनि हिनामिना नगरेकाले बिना कारण आफ्नो काटिएको तलब अनि सस्था छोड्दा पाउनु पर्ने सबै सेवा सुबिधा पाउनु पर्ने उनको माग छ ।

यस्तै उपकार लघुबित्तमा धेरै समय काम गरेर जागिर छोड्न बाध्य बनाइएका टेक बहादुर नेपाली, प्रदिप कुमार थारु, रामसरा वर, गोमा गौतम, उर्मिला यादब, बिनोद कुमार यादव, सरला सुवेदी, लक्ष्मी ढकाल, गौरी थारु, गिता गोल्जालीले पनि उपकार लघुबित्तका सिओ लगायत अन्य माथिल्लो तहका हाकिमहरुले आफू प्रती गर्ने व्यवहार असह्य भएर जागिर छोड्न बाध्य भएको बताएका छन् ।

Nabintech