२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपाका नेता न्यौपानेले गरे प्लाज्मा दान


कोहलपुर/ नेकपाका युवा नेता नरेन्द्र न्यौपानेले प्लाज्मा दान गरेका छन । कोरोना पोजेटिभ भएर निको भएका नेकपा प्रदेश कमिटी सदस्य समेत रहेका बाँके क्षेत्र नं १ ख का ईन्चार्ज न्यौपानेले बिहीवार प्लाज्मा दान गरेका हुन ।
प्लाज्माबाट कोरोना संक्रमित भएका जटिल अवस्थाका बिरामीहरुलाई उपचार गर्ने गरिएको छ । प्लाज्मा दान गर्ने न्यौपानेलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले धन्यवाद दिएका छन । प्लाज्मा दान जटिल अवस्थाका बिरामीको लागी जिवनदान सरह नै भएको प्रजिअ कुरुम्वाङ को भनाई छ ।
प्रजिअ कुरुम्वाङ कै सक्रियताममा बाँकेमा प्लाज्मा दान सुरुवात गरिको हो । प्लाज्मा दान मार्फत हाल सम्म बाँकेमा दर्जनौ मानिसले जिवन दान पाई सकेका छन ।
कोरोना संक्रमण निको भएको ३० औं दिनमा न्यौपानेले प्लाज्मा दान गरेको नयाँकोर्स लाई बताए ।

Nabintech