१२ मंसिर २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लैङिक हिंसा रोक्न कोहलपुरमा अन्र्तक्रिया


कोहलपुर /१६ दिने लैङिग हिंसा बिरुद्धको अभियान अन्र्तगत आईतवार कोहलपुर नगरपालिका महिला तथा वालबालिका शाखाले अन्र्तक्रियात्मक कार्यक्रम गरेको छ ।
कोहलपुर नगरपालिकाको महिला तथा वालबालिका शाखाले लैङिक हिंसा बिरुद्ध काम गर्दै आएको मेचीमहाकाली बुहारी सयुक्त आवाज बाँके शाखा अवद्ध पदाधिकारीहरु संग अन्र्तक्रियात्मक कार्यक्रम गरेको हो ।
अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उप प्रमुख सञ्जु कुमारी थारुले लैङिक हिंसा अत्यका लागी समन्यात्मक कार्यक्रममा जोड दिएकी थिईन् । उनले हिंसा अत्यका लागी सरकारी र गैर सरकारी संघ सस्थाकोहरुको सहकार्य हुनुपर्ने बताईन् । सो क्रममा उप प्रमुख थारुले कोहलपर नगरपलिका न्याईक समितीले हाल सम्म गरेका काम कार्यवाही बारे समेत जानकारी गराएकी थिईन् ।
कार्यक्रममा अधिवक्त पुनम श्रोष्ठले महिला तथा बालबालीका क्षेत्रमा हाल सम्म भएका कानुनी व्यवस्थाका बारेमा जानकारी गराएकी थिईन् ।
कार्यक्रममा कोहलपुर क्षेत्रमा क्रियासील महिला समुहहरु , महिलाहरुले सञ्चालन गरेका सहकारीका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो । कार्यक्रममा कोहलपुर नगरपालिका समाजिक बिकास शाखा संयोजक नरायणी वलीले हिंसा रोक्न महिला आफै जागरुक हुनुपर्ने बताएको मेचीमहाकारी बुहारी सयुक्त आवाजकी बाके जिल्ला संयोजक उर्मिला अधिकारीले जानकारी दिईन् ।

Nabintech