११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
समाजवाद प्राप्तीकालागी नेकपाको मजबुद एकता अपरिहार्य – नेता शर्मा


कोहलपुर (बाँके)/ कोहलपुर नेकपा युवा नेता हिमाल शर्माले समाजवादको लक्ष्य प्रातिका लागी एकिकृत र मजबुद एकता सहितको नेकपा आवश्यक रहेको बताएका छन ।
कोहलपुरमा भएको नेकपा निकट युवा बिद्यार्थीहरुसंगको संक्षीप्त भेटमा यस्तो बताएका हुन । पार्टी भित्रको संघर्ष बिचारको भएको भन्दै नेता शर्माले स्थाई कमिटी र केन्द्रीय समितीले ति बिवादको सही निरुपण गर्ने दाबी गरे । पार्टी एकता गरिएको लिखित सहमती र पार्टीको अन्तरीम बिधान अनुसार हिडन सबै तहका नेता कार्यक्रता राजी हुनपर्ने बताउदै शर्माले नेकपा फुट कसैका लागी सहज नभएको बताए ।


कार्यक्रममा अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष एंव नेकपाका नेता रमेश मल्लले सबै नेता कार्यक्रर्ता परिर्वतन र अग्रगमनका लागि भएका सम्पुर्ण बिवाद समाधान हुने धारणा राखेका थिए ।
भेटका क्रममा नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज अथक , नेकपा प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने , नेकपा जिल्ला कार्यालय सदस्य अब्दुल हुसेन खाँ, रेणुका खड्का,नेकपा नगर सचिव तुलाराज बिष्ट बिहानी लगायत युवा बिद्यार्थीको सहभागता रहेको अनेरास्वबियूका केन्दीय सदस्य राजेन्द्र बिष्टले जानकारी दिए ।

Nabintech